८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खस्यो, सडक अवरुद्घ

१३ असार २०७५, बुधबार ०२:३०

असार १३, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उहाँले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताउनुभयो । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो । 

बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । आजबिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् । 

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति?