2026-08-31 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ: अध्यक्ष थापा

असार १४, चितवन | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताउनुभएको छ । 

मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको भन्दै तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका पनि रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “दुई तिहाइ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै छ ।” मुलकमा यो अवस्था आउन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उहाँको भनाइ थियो । 

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्ला पटकको जस्तो छोटो समयमा विभाजन हुने गरी नभई अबको एकता दीर्घकालीन हुने बताउनुभयो । 

एक फरक प्रसंगमा नेता थापाले हिन्दू राष्ट्रको विषयलाई लिएर राप्रपा सशक्त रुपमा अघि बढ्ने छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला