असार १४, काठमाडौँ | 'नेपाल ल' को डीन कार्यालय र विद्द्यार्थी संगठनहरुबीच नयाँ समझदारी भएको छ l समझदारी पत्र अनुसार सवै पढ्न चाहने विद्द्यार्थीहरुलाई प्रशासनले भर्ना लिने विद्द्यार्थी संगठन र प्रशासन विच सहमति भएको अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले बताएका छन् l
डीन कार्यालयको निर्णय अनुसार यस वर्षदेखि कोटा निर्धारण गरि ८ सय विद्द्यार्थीलाई मात्र अध्ययन-अध्यापन गराउन सकिने भन्दै जेष्ठ १९ गते प्रवेश परिक्षा लिएको थियो तर विभिन्न विद्द्यार्थी संगठनहरुको बिरोधका कारण नतिजा प्रकाशन नहुँदै नयाँ निर्णय भएको अध्यक्ष रायमाझीले बताएका छन् l
यहि असार २१ गते देखि भर्ना सुरु हुने र प्रवेश परिक्षामा सहभागी भएका तथा नभएका सवै विद्द्यार्थिहरुले भर्ना गर्न पाउने लिखित समझदारी भएको अध्यक्ष रायमाझीले बताए l