2026-09-21 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरी हत्याको आशंकामा आमा पक्राउ, यस्तो थियो घटना

असार १५, चितवन | छोरी हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको छ । 

शोभाकी १४ बर्षीया छोरी ममता परियार असार ८ गते सलले पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । 

ममताको हत्या भएको भन्दै उनको घरमा जम्मा भएर स्थानीयले बिहीबार नाराबाजी गरेका थिए । 

स्थानीयको बिरोधपछि छोरीको अन्तिम संस्कार रोकेर क्रियामा बसेकी शोभालाई प्रहरीले पक्राउ गरेको हो । 

ममता जमुनापुर माविमा कक्षा ९ की छात्रा थिइन् । स्कुलबाट घर आउँदा आमाले मादक पदार्थ सेवन गरिरहेको देखेर ममताले नखान भनेकी थिइन् । 

छोरीले सम्झाउँदा शोभाले अपशब्द प्रयोग गरेर गाली गरेको स्थानीय बताउँछन् । 

अपशब्द बोलेपछि ममताले आमलाई थप्पड हानेकी थिइन् । सोही रिसमा शोभाले ममताको हत्या गरेको आरोप स्थानीयको छ  ।

– आजको नागरिक दैनिकमा समाचार छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक