2026-07-25 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेशसभामा सत्तापक्ष नै प्रतिपक्षमा उभिएपछि…

असार १६, सुर्खेत | कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन् । 

विनियोजन विधेयक अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि आज भएको दफावार छलफलमा प्रदेशसभा सदस्यहरूले नीति, कार्यक्रम, बजेट र रातो किताबको तालमेल नभएको टिप्पणी गरेका हुन् । 

छलफलका क्रममा सभाका सदस्य अमरबहादुर थापाले कर्णाली प्रदेश सरकारले सुझावको उपेक्षा गरेको भन्दै कार्यशैली सुधार गर्न आग्रह गर्नुभयो । “बजेट भाषण र रातो किताबको तालमेल भएन, बजेटले बोलेका कुरा रातो किताबमा आएनन्, सीमित व्यक्तिका खल्तीबाट योजना आए” उहाँले भन्नुभयो । नेता, मन्त्रीका खल्तीबाट योजना छानिएको भन्दै उहाँले कर्णाली प्रदेश सरकारले प्रकाशित गरेको रातो किताब नमान्ने चेतावनी दिनुभयो । 

सत्तापक्षकै सभा सदस्य गणेशप्रसाद सिंहले मितव्ययिताको सिद्धान्तविपरीत रातो किताब ल्याइएको आरोप लगाउनुभयो । कर्णाली प्रदेशसभा सदस्यहरू मन्त्रीहरूका लागि नोकर नभएको भन्दै सरकारले ल्याएका सबै कार्यक्रमको आँखा चिम्लेर समर्थन नगर्ने उहाँको जिकिर थियो । 

“आम सरोकारवालाका निमित्त अस्पष्ट र अपारदर्शी छ, रातो किताब ल्याउनमै खर्च बढी छ, सरल भाषामा रातो किताब आएन”, उहाँले भन्नुभयो । नेता र सरकारमुखी रातो किताब भएको भन्दै उहाँले सरकारको बजेटलाई पजनीमुखी रातो किताबको रुपमा व्याख्या पनि गर्नुभयो । 

उहाँले थप्नुभयो, “अकर्मण्यतामा बजेट आएको छ, जनप्रतिनिधिको भावनाविपरित रातो किताब ल्याइएको छ, यो कसरी जनताको पक्षमा हुन्छ । रातो किताब योजनाको स्पष्ट विवरण हो भन्ने कुरा प्रदेश सरकारलाई स्मरण गराउँदै सदस्यहरूले दिएको सुझावको कार्यान्वयन गरी संशोधित रातो किताब ल्याउनुपर्छ ।” 

त्यस्तै, सभा सदस्य धर्मराज रेग्मीले कर्णाली प्रदेशको बजेट पहुँचका आधारमा विनियोजन गरिएको भन्दै सरकारको आलोचना गर्नुभयो । सरकारका मन्त्रीहरूका बीचमा भागवण्डा गरेर बजेट आएको सदस्य रेग्मीले आरोप लगाउनुभयो । “सम्बन्धित जिल्ला अन्तर्गतको क्षेत्रको मन्त्री भएका आधारमा बजेट जानेगरेको छ, बजेटको केन्द्रीकरण छ, तर पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रीकरण भएको छ” उहाँले भन्नुभयो । 

रातो किताबमा ल्याइएका योजनाहरूले विकासको प्रचलित मोडल असफल भयो भन्ने कुरा सरकारलाई हेक्का नभएको उहाँको भनाइ थियो । “सरकार या सभा सदस्यहरू भ्रममा छौं, हामी एकैपटक दुवै सही छैनाँै, सरकार र संसदबीच दृष्टिकोणको अन्तर छ,” उहाँले भन्नुभयो । 

त्यसैगरी, सभा सदस्य कुर्मराज शाहीले समाजवादी अर्थतन्त्रभन्दा पँुजीवादी अर्थतन्त्रमा बजेट आकर्षित भएको टिप्पणी गर्नुभयो भने सांसद पदमबहादुर रोकायले ‘हिँडाई जस्तो हिँडाई गरे फेर फाट्ने, कुरा जस्ता कुरा गरे मन फाट्ने’ भन्दै बजेटप्रति तिखो व्यङ्ग्य गर्नुभयो । 

जनतामुखीभन्दा कार्यकर्तामुखी बजेटः प्रतिपक्ष 

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभा सदस्य दिनबन्धु श्रेष्ठले कर्णाली प्रदेश सरकारको बजेट जनतामुखीभन्दा कार्यकर्तामुखी भएको टिप्पणी गर्नुभयो । सदस्य श्रेष्ठले जनप्रतिनिधिको सुझावलाई लत्याएर पार्टी र कार्यकर्तामुखी बजेट ल्याएको भन्दै कर्णालीको बजेटले साविकको कर्णालीलाई कम महत्व दिएको विचार व्यक्त गर्नुभयो । 

“योजनाहरू मन्त्रीमुखी भएका छन्, आवश्यकताका आधारमा बजेट विनियोजन हुन सकेन । बजेटमा जुन चीज छ, प्राथमिकता छैन, तर जुन छैन त्यसैलाई बढी प्राथमिकता दिइएको छ,” उहाँले भन्नुभयो । 

राजधानी वीरेन्द्रनगर जन्माउनुमा जुम्लाले विशेष योगदान पु¥याएको तथापि प्रदेश सरकारको यो बजेटले जुम्लालाई सम्बोधन गर्न नसकेको उहाँले बताउनुभयो । रातो किताबमा योजनाहरू प्रष्ट नआउँदा अन्यौलता भएको औँल्याउदैै योजना तोकिएर रातो किताब आउनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक