२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्बे बिनानै सडक निर्माण, रोक्न खोज्दा स्थानिय कुटिए

२०७५, १७ असार आईतवार ०५:३३

असार १७, बझाङ । सडक निर्माण समितीले सडक सर्बे नै नगरी धमाधम सडक खन्न लागेको बझाङ मष्टा गाउँपालिका २ नौराका स्थानियले आरोप लगाएका छन् । वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक निर्माण गर्नुपर्ने व्यवस्था भएपनि मष्टा गाउँपालिकाका २ मा भने सर्बे नै नगरेर सडक निर्माण गर्न लागेको आरोप लागेको हो । 

सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम थालिएपनि गाउँपालिका र स्थानियहरुको अनुमति बिनै तानाशाही हिसावले स्काईभेटर लगाएर सडक खन्न लगाएको स्थानियको आरोप रहेको छ  छ । 

गाउँ तल माथी दुई वटा सडक खनिदैछ स्थानिय कलक रोकायाले भन्नुभयो हामीले समय समयमा रोड नखन्न आग्रह गरे पनि अटेरी गर्दै रोड काटियो, खन्न लागेको रोडमा गाउँले गएर रोक्न खोज्दा उल्टै गाउँलेहरुलाई कुटपिट गरेको बताउनुभयो । सर्बे  बिना निर्माण गरिन लागेको सडकमा अहिले वर्षा सँगै जताततै पहिरो गई गाउँ नै जोसिखमा परेको उहाँले बताउनुभयो । 

शान्ती प्राविका शिक्षक समेत रहेका स्थानिय कलक रोकायाले राजनितिक पहुँच भएकाहरुले आफ्नो गाउँ सम्म सडक पुर्याउनका लागि कुनै नियम कानुनको पालना नगरी,आफुहरुलाई धम्क्याउँदै सडक काट्दै गरेको बताउनुभयो । उहाँले सडक निर्माण समितीका अध्यक्ष धिर बहादुर खड्का र रण बहादुर धामीले गाउँपालिका र गाउँलेहरु सँगको सहमति विनै रोड काटेको र कुटपिट पनि गरेको आरोप लगाउनुभयो । 

मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले पनि सर्बे बिनै सडक काटेको स्विकार गर्नुभयो । उहाँले सर्बे गर्न पटक पटक प्राविधिक आएपनि विवादले फर्किएको तर अहिल सडके निर्माण समितीले आफ्नै तरिकाले सडक निर्माण गरेको बताउनुभयो । सडक निर्माण समितीले भने गाउँपालिका संगको समन्वयमा सडक काटेको दावी गर्दै आएको छ । लेकी देखि भतेली सम्म निर्माण हुने सडकमको लागत मुलयाङ्कन गर्न बाँकी रहेको अध्यक्ष कठायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो