२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुलसीपुर अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण

२०७५, १७ असार आईतवार ०८:०४

असार १७, तुलसीपुर | राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पुर्याए पनि सम्बन्धित निकायले समयमा सडक मर्मतमा कुनै चासो नदिएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । 

रुकुम, सल्यान र तुलसीपुर, अमेलिया हुँदै नेपालगञ्ज, सुर्खेतलगायत पश्चिम नेपालका विभिन्न ठाउँ जानका लागि सो सडकखण्डमा दैनिक २०० बढी यातायातका सवारीसाधन सञ्चालन हुने गरेका छन् । 

गत साल साउन महिनामा परेको अविर वर्षासँगै खसेको पहिरोका कारण सो सडकखण्ड उच्च जोखिम तथा जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि सडक डिभिजन कार्यालय दाङले समयमा ध्यान नदिँदा यस पटक अझै जोखिम मोल्नुपर्ने बाध्यता रहेको बखरियाका स्थानीय पत्रकार देवीराम कुसारीले बताउनुभयो । 

यसपटक जिल्लामा अझै वर्षा नै भएको छैन अहिले नै सो सडकखण्डमा पहिरो खस्ने, ठाउँठाउँमा नाला भत्किनु र सडकमा ठूला खाल्डाखुल्डी रहेका छन् यसले गर्दा गाडी चलाउन समस्या हुने गरेको छ, सो बाटोमा गाडी चलाउँदै आएका चालक रमेश बस्नेतले बताउनुभयो । 

यसैबीच सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले अमिलिया सडक विस्तार गर्न टेण्डर भइसकेको बताउनुभएको छ । 

उहाँले अहिले वर्षात्को समयमा नयाँ बाटो विस्तार गर्दा झन समस्या पैदा हुने भन्दै तत्कालका लागि मर्मत गर्न आफूले निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउनुभयो । 

तुलसीपुरदेखि झण्डै २६ किलोमिटरको दूरीमा रहेको अमेलिया नाका क्षेत्रसमेत हो । तुलसीपुर, घोराही तथा लमही सडकखण्डमा पर्ने खोलामा वर्षाको समयमा बाढी आएपछि ती सडक अवरुद्ध हुँदा पनि वैकल्पिक रुपमा तुलसीपुर अमेलिया सडक प्रयोग गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ