२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अध्ययनबिनै धमाधम निमार्ण भइरहेका दर्जनौ सडकका कारण बिकाससंगै बिनास हुँदै

१७ असार २०७५, आईतवार १५:३५

लोकेन्द्र प्रशाद जोशी | असार १७, दार्चुला । स्थानीय तहले वातावरणीय प्रभाव अध्ययन नगरी सडक निर्माण गरेपछि ठाउँठाउँमा पहिरो आउन थालेको छ । वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक निर्माण गर्नुपर्ने व्यवस्था भएपनि दार्चुलाका कुनै पनि स्थानीय तहले ईआईए अद्ययन नगरीकनै सडक खनिरहेका छन् । दार्चुला जिल्लाका ७ स्थानीय तहले चालु आर्थीक वर्षमा मात्रै ४४ सडक निर्माण गरेका छन् ।

सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम थालिएपनि बिहीबार रातीबाट शुरु भएको वर्षाका कारणले जिल्लाको ठाउँ ठाउँमा पहिरो जान थालेको छ । सडकको कारण नौगाड गाउँपालिकाको विभिन्न क्षेत्रमा पहिरो आएको छ । नौगाड गाउँपालिका ३ खार क्षेत्रमा पहिरोका कारण तीन चार वटा पसल जोखिममा परेका छन् । सडक माथि रहेका पसलहरु जोखिममा रहेको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए । तल सडक काटिएको छ, माथिबाट पहिरो खसेको छ । पहिरोको जोखिमको अवस्था अध्ययन गर्न गाउँपालिकाले इन्जिनियर खटाइएको धामीले बताए । यस्तै सिप्टी जाने सडकहरुमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ । विकास गर्दा विनास हुने भएकोले ब्यबस्थापन गर्न गाउँपालिका तयार रहेको धामीको भनाइ छ ।

नौगाड गाउँपालिकाले पालिका भित्र यस आर्थिक वर्षमा छ वटा सडक योजना निर्माण गरेको थियो । स्थानीय तहले स्काभेटर मेसिनहरुको प्रयोग गरेर सडक निर्माण गर्दा स्थानीयले रोजगारी समेत नपाएको गुनासो गरेका छन । सडकको नाममा विकास देखिदै थियो, तर वर्खा लागेपछि विनास देखिन थालेको स्थानिय रघुबिरसिह ठगुन्नाले बताए । 

यस्तै १३ सडक निर्माणको योजना बनाएको शैल्यशिखर नगरपालिकाले १० सडकको निर्माण कार्य चालु आर्थिक वर्षबाट सुरु गरेको छ । शैल्यशिखरको निर्माणाधीन बगोरा–आगर सडकले सिंँचाइ नहर र सो क्षेत्रमा रहेको पानीको मुहानमा असर पुगेको स्थानीयले जनाएका छन । १५ लाखको सडकले करोड बढी लागतमा निर्माण गरिएको बृहत् खानेपानीको लाइनमा क्षति पु‍र्याएको ग्वानीका स्थानीय इन्द्रसिंह साउदले बताए ।


यस्तै मालिकार्जुन गाउँपालिकाले ११ मध्ये ६ सडकको चालु आवबाटै निर्माण सुरु गरेको छ । ऐरिछना सडक निर्माणका कारण उक्त क्षेत्रमा पहिरो जाने र महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध हुने सम्भावना बढेको छ । भने मालिकार्जुन गाउँपालिका ७ जौलजिवीमा सडक निर्माणले गाउँ नै पहिरोको जोखीममा परेका छन् । यस्तै, महाकाली नगरपालिकाले ६ ओटा , मार्माले ४, दुहुले २ र लेकम गाउँपालिकाले एक ओटा सडकको यो वर्षबाट निर्माण सुरु गरेका छन।

यति धेरै सडकको वातारणीय प्रभाव अध्ययन नगरीकन कार्यान्वयन गरिरहेकाले विकासको सट्टा विनाश निम्त्याउने खतरा बढेको छ । स्थानीय सरकारले डीपीआरको नाममा लागत इस्टमेट, लाभान्वित घरधुरी, कूल खर्च, दूरी आदिको मात्रै अध्ययन गरिएको र वातावरणीय अध्ययन नै नगरिएको स्थानीय सरकारका प्रतिनिधिहरू बताउँछन । चुनावताका गरेको वाचाअनुसार मतदातालाई विकासको अनुभूति चाँडो देखाउनका लागि यहाँका स्थानीय सरकारका प्रतिनिधिहरूले धमाधम सडक निर्माण गरिरहेका छन । काम छिटो छरितो गर्नुपर्ने र आवश्यक जनशक्तिको अभावमा वातावरणीय प्रभाव अध्ययन गर्न नसकिएको जनप्रतिनिधिहरुको भनाइ छ ।

विभिन्न ग्रामिण क्षेत्रमा बर्षातको समयमा पनि सडक निर्माणको काम भइरहदा त्यसले खानेपानी, खेतीयोग्य जमिन, अन्य सहायक बाटोघाँटोमा समेत प्रभाव पारेको छ । मेसिनले सडक निर्माण गर्दा जमिन कमजोर भई बर्षातको समयमा ठाउँठाउँमा पहिरो जानुका साथै कतिपय बस्तीहरुनै धरापमा परेको र बिपद्को जोखीम बढाएको स्थानिय बताउँछन् । दार्चुलाका मार्मा, मालिकार्जु, लेकम, नौगाड, दुहु गाउँपालिका लगायतले आफ्नै स्काभेटर डोजर खरिद गरेर सडक खनीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो