२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईमा परीक्षाफल त्रुटिबारे छानबिन: नियन्त्रकलाई यस्तो कारबाही

१७ असार २०७५, आईतवार १७:३५

असार १७, काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ । 

पाँच दिनअघि गठित समितिले आज प्रतिवेदन बुझाएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट अम्बिकाप्रसाद रेग्मीलाई कारबाहीस्वरुप मन्त्रालयमा काजमा तानिएको छ भने अर्काे व्यवस्था नभएसम्मका लागि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रक तोकिएको छ । 

मन्त्री पोखरेलले रासससँग भन्नुभयो, “विस्तृत प्रतिवेदन अध्ययनपछि थप कारबाही गरिनेछ, अहिलेलाई नियन्त्रकलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको छ ।” समितिको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गरेको छैन । नियन्त्रकभन्दा माथि वा तल्लो तहका अन्य कर्मचारी कारबाही हुने हो, होइन स्पष्ट छैन भने नियन्त्रकको सरुवा मात्र हो वा कारबाही हो भन्ने मन्त्रालयले स्पष्ट पारेको छैन । 

मन्त्रालयले यही असार ११ गते शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहनुभएको थियो । 

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट यही असार ९ गते प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्व प्रकाशित परीक्षाफलमा केही परीक्षार्थीहरुको मूल अभिलेखबमोजिम परीक्षाफल संशोधन गरिएको थियो । 

उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न र आगामी दिनमा त्यस प्रकारको समस्या नै आउन नदिन अवलम्बन गर्नुपर्ने उपायहरुसमेत समितिले पेश गरेको बुझिएको छ । 

कारबाहीस्वरुप सरुवा गरिएका नियन्त्रक रेग्मीले आफूलाई औपचारिक कुनै जानकारी नआएको जनाउँदै नेपाल सरकारले गर्ने निर्णय शिरोपर हुने प्रतिक्रिया दिनुभयो । 

अक्षरांकन प्रणालीको उक्त परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थी सहभागी भएकामा परीक्षाफल सार्वजनिक भएको दिनको भन्दा भोलिपल्ट कतिपय विद्यार्थीहरुको ग्रेड पोइन्ट एभरेज र ग्रेडसिट सुधारसहित संशोधन भएपछि प्राविधिक त्रुटि बाहिर आएको थियो । 

परीक्षा बोर्डले ग्रेड सुधारका लागि मौका परीक्षाको तयारी गरिरहेको बेला नियन्त्रक परिवर्तन भएको छ भने नियन्त्रण कार्यालयले मौका परीक्षा सञ्चालनका लागि बोर्डलाई आग्रह गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ