Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कैलालीमा घरले किचेर एकको मृत्यु, एक घाइते

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १८, धनगढी | गएरातिदेखिको अबिरल वर्षासँगै कैलालीको गोदाबरी नगरपालिका–९ धनचौरी गाउँमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले गोदाबरी नगरपालिका–९ धनचौरीका कडेरा रानाको काठले बनेको कच्ची घर गएराति भत्किँदा उहाँकी श्रीमती ६० वर्षीया डुठा रानाको च्यापिएर घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

राति सुतिरहेको अवस्थामा अचानक कच्ची घर भत्किएको थियो । घटनामा घाइते रानाको अवस्था खतरामुक्त रहेको छ ।

अविरल वर्षाका कारण कैलाली जिल्लाका नदी तथा खोलामा पानीको सतह रातिको समयमा बढेको भए पनि आज मध्यान्हसम्म खतराको अवस्थामा नरहेको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका प्रमुख एपी चौरसियाले बताउनुभयो ।

अझै ठूलो वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा बस्ने बासिन्दाले सतर्क अवस्थामा बस्न आग्रह गरिएको चौरसियाले बताउनुभयो । गएको चौबिस घण्टामा यहाँ ९८ दशमलब ९ मिलिमिटर वर्षाको रेकर्ड भएको छ । रासस