2026-10-27 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगुमा फेरी देखीयो मलेरिया रोग, गाँउमा छैन औषधी

दान बहादुर बुढा | असार १८, मुगु | बिकट हिमाली जिल्ला मुगुको खत्याड गाउपालिका ८ र १० बडामा रहेको रिगा गाँउबाट फेरी मलेरीया रोग देखा परेको छ । यही बेलामा गाँउमा औषधी उपचार नहुँदा बिरामीहरु छट्पटाई रहेका छन ।

गर्त बर्ष असार महिना यही रीगा गाँउबाट सुरु भएको मलेरीया रोगबाट १ दर्जन भन्दा बढीको मृत्यू भएको थियो भने सयौं जनाको हाराहरीमा बिरामी परेका थिए । 

बिरामीलाई हात खुट्टा दुख्ने ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने जस्ता लक्षण देखा पर्ने गरेको छन् । गाँउमा रहेका स्वास्थ्य चैकीहरुमा आषधी छैन । २०/२५ जना बिरामी परेका छन् । यो सानो कुरा होइन, गत साल पनि यस्तै गरी ५/६ जनाबाट संक्रमण फैलिएको थियो । अहिले स्थानिय निकाय, जिल्ला स्वास्थ्य कार्यालय तथा सरोकारवाला हरुले यस बिषयमा ध्यान दिएका छैनन् । यसको बारे सम्बन्धित निकायबाट चाडो पहल होस् भन्दै ढिला-सुस्ती भएमा गत बर्षझैं जिल्ला भरी यो मलेरीया रोग फैलन सक्ने स्थानिय बासी खत्याड गाँउपालिका १० का भक्त्त बहादुर शाहीले बताएका छन । 

यता यसै बिषयमा रीगा गाँउमा यो बर्ष बैशाखको महिना एक/दुई जनामा देखा परेको जेष्ठ महिनामा २ जना र असारको महिनामा मात्र १५ जनालाई मलेरीया रोग लागेर बिरामी भईरहेका रेकर्ड जिल्ला स्वास्थ्य कार्यालयमा छ । त्यस्तै अन्य बिरामीका रोगबारे पहिचान गरीदै रहेको जिल्ला अस्पतालबाट औषधी लगेर मलेरिया रोग फैलिएको क्षेत्रमा एक टोली गईरहेको र आफूभन्दा माथिल्लो निकायलाई पत्रचार गरीसकेको र तयस रीगा गाउ लगाएत खत्याड क्षेत्रमा लामखुट्टेलाई नियन्त्रण गर्नको लागी क्षेत्रीय मेडीकल स्टोरबाट एल एलआई नामक झुल २ हजार थान बितरण गर्ने र तत्कालको लागी ईजिसीडी महाँशाखा टेकुबाट १ हप्ता भित्र एक टोली आउने जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर ज्ञानेश्वर श्रेष्ठले बताएका छन ।  

यस मलेरीयाग्रस्त क्षेत्र सदरमुकाम गमगढीबाट २ दिन पैदल टाढा रहेको छ भने बिशेष गरी १५ बर्ष मुनिका बालबालीका र वृद्धहरुमा देखा परेको छ । ज्वरो आउने हात खुट्टा दुख्ने, टाउको दुख्ने,  रिंगटा लाग्ने गरेको देखीन्छ । समय समयमा औषधी खरीद गरीएको र धेरै मात्रामा औषधी खरीद गर्न नसकीने यो आवमा औषधी खरीदमा छुट्याईएको बजेटको औषधी खरीद गरी ल्याई बितरण गरी सकेको खत्याड गाँउ पालिकाका प्रशासकीय अधिकृत मणीचन्द्र कार्कीले बताएका छन । 

जिल्ला भरी स्वास्थ्य सम्बन्धि काम गर्ने जिल्ला स्वास्थ्य कार्यालय १, प्राथामिक स्वास्थ्य केन्द्र १ ईलाका हेल्थ पोष्ट ९ सब हेल्थ पोस्ट १६ भए पनि हिजो आज सबै निकायमा औषधी अभाव रहेको छ ।  सामान्य सिटामोल बाहेक अन्य कुनै औषधी पनि नपाईने स्थानिय जनताको गुनासो रहेको छ ।

पछिल्लो समयमा स्थानिय निकाय गठन भएपनि बढी भन्दा बढी बजेट बिकास निमार्णमा गएको र स्वास्थ्य क्षेत्रमा कमै बजेट बिनियोजन गरीएको हुँदा स्वास्थ्य संस्थामा औषधी कमै हुनु बिरामीहरुलाई प्रशस्त औषधी पनि नपाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने