२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसमा खुशियाली

२०७५, १८ असार सोमबार १२:०७

असार १८, मस्को | रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ । 

विश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसमा खुशियाली छाएको बताइएको छ । विश्वकपको आगामी चरणका लागि रुस अगाडि बढेपछि रुसी फुटबल समर्थकहरूले ठूलो खुशियाली मनाएका छन् । 

आयोजक राष्ट्र रुसले पूवविश्वकप विजेता स्पेनलाई पेनाल्टीमा पुगेर ४–३ ले पराजित गरेको थियो । यसलाई विश्वकपमा रुसको ठूलो सफलताका रुपमा लिइएको छ । 

रुसको यस विजयपछि रुसका विभिन्न शहरका चोक चोकमा भेला भएर रुसी फुटबलप्रेमी युवायुवतीहरुले खुशियाली मनाइरहेका छन् । 

फुटबलको सर्वोच्च निकाय फिफाको मर्यादाक्रममा रुसको स्थान निकै तल थियो । यस अघिका विश्वकप प्रतियोगिताहरुमा उता स्पेनको भने उत्कृष्ट स्थान रहेको थियो । 

प्रतियोगिताको निर्धारित समय ९० मिनेट र थप ३० मिनेटमा समेत १–१ बराबरी गोल रहेको थियो । 

थप समयमा पनि गोल नभएपछि खेल ‘पेनाल्टी सुटआउट’ मा गएको थियो । 

रुसका गोलकिपर एकिनफिवमाथि रुसी समूहको विश्वास थियो । उनीहरुले आफूहरु टाइबे्रकरमा पुगेमा विजयी हुने विश्वास गरेका थिए । 

नभन्दै परिणाम पनि त्यस्तै आयो । 

उनले पेनाल्टी सुट पनि रोकिदिएका थिए । त्यसपछि समर्थकहरुले शुरु गरेको खुशिलायी देशका विभिन्न शहरमै फैलिएको थियो । 

रुस पहिलो पटक क्वाटर फाइनलमा पुगेका हो । आफ्नो घरायसी मैदानको फाइदा उठाएर हासिल गरेको यस जितको खुशियाली देशैभरि मनाइएका समाचारहरु विश्वका सञ्चारमाध्यमहरुमा आएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा