२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँको पहाड तानेर आफ्नो समुन्द्री किनारमा ल्याउँदैछ युएई, ६०० करोडको लगानी हुने

१९ असार २०७५, मंगलवार १०:२१

दुबई | बरफको अभाव हुन नदिन खाडी मुलुक संयुक्‍त अरब ईमिरेट्स (UAE) ले एक नयाँ र अचम्मको प्रोजेक्‍टमा लगानी गर्दैछ । यसको लागि युएईले अन्टार्कटि‍काबाट बरफको  पहाडलाई तानेर यूएईको समुन्द्र किनारमा ल्याउनेछ । यस प्रोजेक्‍टको कुल ५ देखि ६ करोड अमेरिकी डलर यानेकि नेपाली करिव ६ सय करोडको लगानी लाग्ने आंकलन गरिएको छ । 

यो प्रोजेक्ट सन् 2019 मा सुरु हुनेछ, जसको लागि अस्‍ट्रेलि‍याको वा दक्षि‍ण अफ्रीकाको केपटाउनको समुद्र तटबाट यो पाईलट प्रोजेक्‍ट शुरू हुने आशा गरिएको छ । 

यो काम जुन कम्पनीलाई सुम्पिएको छ, उसले यस प्रोजेक्‍टसँग जोडिएको सबै जानकारी दिनको लागि एक वेबसाइट समेत सुरु गरिएको छ । WAM का अनुसार यो प्रोजेक्‍टले यूएईलाई 'ग्‍लेशि‍यर टूरिजम म्याप' मा स्थान दिनेछ । यो यस्तो पहिलो मरुभूमियुक्त मुलुक हुनेछ, जसको आफ्नै समुद्र किनारमा ग्‍लेशि‍यर टूरि‍जमको अफर गर्न सक्छ । 

जिम्मा पाएको कम्पनीले अहिलेलाई यस्तो नयाँ टेक्निक बिकास गर्दैछ, जि‍सको कारण प्रोजेक्‍टको लागत कम होस् र बरफको पहाडलाई त्यति टाढादेखि तानेर ल्याउन सकियोस् । साथै उक्त बरफी पहाड नपग्लिओस् भन्नेमा पनि कम्पनी सचेत छ । बरफलाई पानिको बाटो (सामुन्द्रिक बाटो) हुँदै ल्याइनेछ । यस प्रोजेक्‍टको योजना वर्ष 2017 मै भएको बताइएको छ । 

ईमिरेट्सको समाचार एजेन्सी WAM को अनुसार, नेशनल एडभाइजर ब्‍यूरो लि‍मि‍टेडले यस प्रोजेक्‍टलाई प्रस्तुत गरेको थियो । यसै अनुसार वर्ष 2020 को सुरुवातसम्ममै अन्टार्कटि‍काबाट बरफको पहाड लिएर त्यसलाई युएर्इको समुन्द्री किनारसम्म ल्याएर राखिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य