2026-06-28 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस बर्ष आउनेछ तीन iPhones, बिशेषता के-के ? कति हुनसक्छ मूल्य ?

एपल यस बर्ष सेप्टेम्बरमा तीननयाँ iPhones लन्च गर्न सक्नेछ, जसमा एक सबैभन्दा सस्तो र एक सबैभन्दा महँगो फोन हुनेछ । यी iPhones मा पहिलो पटक ४ जीबीको र्याम पनि दिईनेछ । यस कुराको खुलाशा एक टेक रिपोर्टमा गरिएको छ । यस अघि पहिले पनि ताईवानी कम्पनी केजीआई सिक्योरिटीका एनालिस्ट मिंग-ची कुओले आफ्नो रिपोर्टमा पनि तीन iPhones लन्च हुने कुरा बताएका थिए ।

के छ नयाँ रिपोर्टमा ?

- गीकबेंच लिस्टिंगको अनुसार, तीन मध्ये एक iPhone 11, 2 मोडल बारे बताईएको छ । यसमा ARM प्रोसेसरको प्रयोग गरिएको छ, जबकि 2017 मा आएको मोडलहरुमा A11 बायोनिक चिपको प्रयोग गरिएको थियो । 

- यो मोडल 2.49GHz को बेस फ्रीक्वेंसीमा आउनेछ, जबकि iPhone X को बेस फ्रीक्वेंसी 2.39GHz थियो । तर यो अहिले स्पष्ट छैन कि iPhone 11, 2 मोडललाई कंपनीले कुन नाममा लन्च गर्नेछ ।

पहिलो पटक ४ जीबी र्यामको प्रयोग हुने 

- टेक रिपोर्ट्सका अनुसार, एप्पलको नयाँ iPhones मा पहिलो पटक ४ जीबीको र्यामको प्रयोग हुनेछ । यस बर्ष आउने तीन मोडलमध्य पहिलो मोडल ५.८ इंचको OLED स्क्रीनको साथ आउनेछ, जसलाई iPhone X-2 को नाम दिएर लन्च गर्न सक्नेछ । दोश्रो मोडल ६.१ इंचको स्क्रिनसहित आउनेछ, जसले iPhone 8 को रिप्लेस गर्नेछ । त्यस्तै तेश्रो मोडल प्रीमियम हुनेछ, जसमा ६.५ इंचको  स्क्रीन हुनेछ र यसलाई iPhone X Plus को साथ लन्च गर्न सक्नेछ ।


- रिपोर्टको अनुसार, प्रीमियम मोडलमा ४ जीबीको र्याम प्रयोग हुन सक्नेछ, जबकि पछिल्लो बर्ष कंपनीले iPhone X लन्च गरेको थियो, त्यसमा ३ जीबीको र्याम दिईएको थियो र यो पहिलो पटक हुनेछ जब कंपनी आफ्नो कुनै मोडलमा ४ जीबी र्याम दिनेछ । तर अहिलेसम्म बाकी दुवै मोडलमा ३ जीबी र्यामनै दिन सक्ने छ । यसको साथै यो नयाँ मोडलहरु iOS 12 संगै लन्च हुनेछ ।

कति पर्न सक्छ मूल्य ?

- हालै सार्वजनिक मिंग-ची कुओको रिपोर्ट अनुसार, ५.८ इंच र ६.१ इंच स्क्रीन साइज भएको iPhones को मुल्य ६०० देखि ७०० डलरसम्म हुन सक्छ, जुन नेपाली मूल्य अनुसार ६६ हजारदेखि ७७ हजारसम्म हुन सक्छ ।

- त्यस्तै ६.५ इंचको प्रीमियम मोडल सबैभन्दा महँगो हुनेछ, जसको मूल्य ९०० डलर (करीब ९९ हजार रुपयाँ) देखि लिएर १००० डलर (करीब १ लाख १० हजार रुपयाँ) को बीचमा हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी