२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस बर्ष आउनेछ तीन iPhones, बिशेषता के-के ? कति हुनसक्छ मूल्य ?

१९ असार २०७५, मंगलवार १९:५१

एपल यस बर्ष सेप्टेम्बरमा तीननयाँ iPhones लन्च गर्न सक्नेछ, जसमा एक सबैभन्दा सस्तो र एक सबैभन्दा महँगो फोन हुनेछ । यी iPhones मा पहिलो पटक ४ जीबीको र्याम पनि दिईनेछ । यस कुराको खुलाशा एक टेक रिपोर्टमा गरिएको छ । यस अघि पहिले पनि ताईवानी कम्पनी केजीआई सिक्योरिटीका एनालिस्ट मिंग-ची कुओले आफ्नो रिपोर्टमा पनि तीन iPhones लन्च हुने कुरा बताएका थिए ।

के छ नयाँ रिपोर्टमा ?

- गीकबेंच लिस्टिंगको अनुसार, तीन मध्ये एक iPhone 11, 2 मोडल बारे बताईएको छ । यसमा ARM प्रोसेसरको प्रयोग गरिएको छ, जबकि 2017 मा आएको मोडलहरुमा A11 बायोनिक चिपको प्रयोग गरिएको थियो । 

- यो मोडल 2.49GHz को बेस फ्रीक्वेंसीमा आउनेछ, जबकि iPhone X को बेस फ्रीक्वेंसी 2.39GHz थियो । तर यो अहिले स्पष्ट छैन कि iPhone 11, 2 मोडललाई कंपनीले कुन नाममा लन्च गर्नेछ ।

पहिलो पटक ४ जीबी र्यामको प्रयोग हुने 

- टेक रिपोर्ट्सका अनुसार, एप्पलको नयाँ iPhones मा पहिलो पटक ४ जीबीको र्यामको प्रयोग हुनेछ । यस बर्ष आउने तीन मोडलमध्य पहिलो मोडल ५.८ इंचको OLED स्क्रीनको साथ आउनेछ, जसलाई iPhone X-2 को नाम दिएर लन्च गर्न सक्नेछ । दोश्रो मोडल ६.१ इंचको स्क्रिनसहित आउनेछ, जसले iPhone 8 को रिप्लेस गर्नेछ । त्यस्तै तेश्रो मोडल प्रीमियम हुनेछ, जसमा ६.५ इंचको  स्क्रीन हुनेछ र यसलाई iPhone X Plus को साथ लन्च गर्न सक्नेछ ।


- रिपोर्टको अनुसार, प्रीमियम मोडलमा ४ जीबीको र्याम प्रयोग हुन सक्नेछ, जबकि पछिल्लो बर्ष कंपनीले iPhone X लन्च गरेको थियो, त्यसमा ३ जीबीको र्याम दिईएको थियो र यो पहिलो पटक हुनेछ जब कंपनी आफ्नो कुनै मोडलमा ४ जीबी र्याम दिनेछ । तर अहिलेसम्म बाकी दुवै मोडलमा ३ जीबी र्यामनै दिन सक्ने छ । यसको साथै यो नयाँ मोडलहरु iOS 12 संगै लन्च हुनेछ ।

कति पर्न सक्छ मूल्य ?

- हालै सार्वजनिक मिंग-ची कुओको रिपोर्ट अनुसार, ५.८ इंच र ६.१ इंच स्क्रीन साइज भएको iPhones को मुल्य ६०० देखि ७०० डलरसम्म हुन सक्छ, जुन नेपाली मूल्य अनुसार ६६ हजारदेखि ७७ हजारसम्म हुन सक्छ ।

- त्यस्तै ६.५ इंचको प्रीमियम मोडल सबैभन्दा महँगो हुनेछ, जसको मूल्य ९०० डलर (करीब ९९ हजार रुपयाँ) देखि लिएर १००० डलर (करीब १ लाख १० हजार रुपयाँ) को बीचमा हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य