Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कैलालीमा एक महिला मृत अवस्थामा फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २१, धनगढी | </b>कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।&nbsp;<br></p><p>आँखा, खुट्टा र हातमा चोट लागेको अवस्थामा आफ्नै कच्ची घरको कोठामा ती महिलालाई मृत फेला पारिएको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।&nbsp;</p><p>प्रहरीले मृतक महिलाका श्रीमान् ईन्द्रबहादुर चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । श्रीमान्को कुटपिटबाट उनको मृत्यु भएको आशंका गरिएको छ । महिलाको शव परीक्षणका लागि टीकापुर अस्पताल पुर्याइएको छ ।&nbsp;</p>