प्रभात सुवेदी । असार २१, बर्दिया । 

नेपाली युवाहरुलाई युवाहरुले नै अब विदेशमा गएर व्यर्थै रगत बगाउनु भन्दा स्वदेशमा नै बसेर बरु पसिना बगाउनका लागि आह्वान गरेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २१, बर्दिया । 

नेपाली युवाहरुलाई युवाहरुले नै अब विदेशमा गएर व्यर्थै रगत बगाउनु भन्दा स्वदेशमा नै बसेर बरु पसिना बगाउनका लागि आह्वान गरेका छन् ।

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

रगत हैन अब पसिना बगाउनु पर्छ

२१ असार २०७५, बिहीबार १६:१०

प्रभात सुवेदी । असार २१, बर्दिया । 

नेपाली युवाहरुलाई युवाहरुले नै अब विदेशमा गएर व्यर्थै रगत बगाउनु भन्दा स्वदेशमा नै बसेर बरु पसिना बगाउनका लागि आह्वान गरेका छन् ।


जिल्ला युवा समितिको कार्यालय बर्दियाले आज गुलरियामा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आफ्नो बिचारहरु राख्दै सहभागी प्रतियोगीहरुले यस्तो कुरा बताएका हुन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका युवाहरुमध्येबाट सोयव रजा हजाम प्रथम, हरिकला अधिकारी द्वित्तीय र जीवनराज सुवेदीले तृतीय स्थान प्राप्त गरेका छन् भने मोहम्मद हुसेन सैयदले सान्त्वना स्थान प्राप्त गरेका छन् । 


आजको प्रतियोगितामा प्रथम भएका सोयव रजाले नगद पाँच हजार सहित प्रमाण पत्र र यहि २३ गते प्रदेशस्तरमा आयोजना हुने प्रतियोगिताको लागि पनि छनोट भएका छन् । यसैगरी द्वित्तीय, तृतीय र सान्त्वनाले प्रमाणपत्र सहित क्रमशः नगद रु. तीन हजार, दुई हजार र एक हजार प्राप्त गरेका छन् । 

यसैगरी कार्यक्रममा जिल्लाका युवा उद्यमी तथा प्रतिभाहरु कृषितर्फ बेलविक्रम चौधरी, खेलकुदतर्फ गोपी प्रसाद तिमिल्सिना  र कलाकारितातर्फ सुनिता थारुलाई नगद रु. पाँच हजार सहित सम्मान गरिएको थियो ।


वक्तृत्वकला प्रतियोगितामा निर्णायकमा जिल्ला समन्यव अधिकारी विश्वामित्र कुँईकेल संयोजकका रुपमा रहनुभएको थियो भने, उप–प्राध्यापक राजेन्द्र प्रसाद धिताल र शिक्षक भोजराज शर्मा सदस्यका रुपमा रहनुभएको थियो । 

जिल्ला युवा समितिका अध्यक्ष विष्ण जोशीको सभाध्यक्षतामा सम्पन्न यो कार्यक्रममा जिल्ला युवा समितिको कार्यालय बर्दियाका प्रमुख नीलकण्ठ रेग्मीले स्वागत तथा कार्यक्रममो औचित्यका सन्दर्भमा प्रष्ट्याउनुभएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै