२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नपाद्धारा आगामी बर्षका लागी नयाँ योजना तथा कार्यक्रमको थालनी

२३ असार २०७५, शनिबार १६:१६

असार २३, अछाम | मंगलसेन नगरपालिकाले जनतालाई प्रदान गर्ने सेवा प्रवाहमा सुधार र प्रभावकारीता ल्याउन विभिन्न प्रशासनिक सुधार कार्यको थालनीका साथै आगामी बर्षका लागी नयाँ योजना तथा कार्यक्रमको थालनी गरेको छ । 

सुरुवाती चरणमा नेपाल सरकार अर्थ मन्त्रालयले विकास गरेको स्थानिय संचितको ब्यबस्थापन प्रणाली (शुत्र) लागु गरि बजेट तथा आर्थिक कारवारोलाई अनलाइन प्रणालीमा रुपान्तरण गरेको लेखा अधिृकत कृष्ण बहादुर शाहीले बताउनु भयो । त्यसैगरी समाजिक सुरक्षा भत्ता पाउने लाभग्रीको अभिलेख ब्यबस्थापन गर्न, घटना दर्ताका कार्यहरु अनलाइमा आधारित बनाउन र नगरपालिकाको सवै सुचनाहरु वेवसाईटमा अपडेट गर्न तिब्र गतिको ३ एमविपिएसको वर्डलिंक ईन्टरनेट समेत जिम्मेवारी लिएको हप्ता दिनमा नै जडान गरि सेवा प्रवाहमा सुधारको कार्यमा तिब्रता दिएको समेत उहाले बताउनु भयो । 

नगरपालिकाका कामकारवाहीमा पारदर्शिता र जवाफदेहिता ल्याउन मंगलसेन बजारमा रहेको खुला मञ्च दरबार क्षेत्र नजिकै सार्बजनिक उजुरी पेटीका समेत स्थापना गरिएको छ । नगरपालिकाको काम कार्वाहीको सम्बन्धमा जनताले नगरपालिकामा आई प्रत्यक्ष रुपमा उजुरी दिन नसक्ने अवस्थामा उक्त उजुरी पेटिकामा आफ्ना गुनासा र उजुरी खसाल्न नगर प्रमुख पदम बोहराले सर्वसाधारण सवैलाइ आग्रह गर्नु भएको छ । प्रत्येक शुक्रवार खोलिने उक्त उजुरी पेटिकामा नगरपालिकाले प्रवाह गर्ने सेवा प्रवाहमा ल्याउनु पर्ने सुधार सम्बन्धमा समेत आफ्ना भनाइ र सुझाव लिखित रुपमा दिन समेत नगर प्रमुख बोहराले आम जनतालाई आग्रह गर्नु भएको छ । 

चालु आर्थिक बर्षका योजनाको फरफारकमा पारदर्शिता ल्याउन अनुगमलाइ तिव्रता दिनुका साथै सवै कागजात र प्रकृया पुरा गरि रकम भुक्तानीको माग आएमा एक घण्टा भित्रै भुक्तानी दिने नीति लिएका कारण चालु आ.ब.का ९५ प्रतिशत योजनाको रकम भुक्तानी भै सकेको बताउँदै लेखा अधिकृत शाहीले आगामी श्राबण १ गतेबाट नगरपालिका प्रत्येक शाखामा सि.सि. क्यामेरा, कर्मचारिको लागी ईलेक्ट्रोनिक हाजिरी, र जनताको सुचनामा सहज पहुँचकालागी डिजिटल सुचना बोर्ड जडान गर्न लागीएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य