२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सञ्चारमैत्री नीति बनाउँछौंः प्रवक्ता केसी

२०७५, २३ असार शनिबार १६:२५

असार २३, सुर्खेत । कर्णाली प्रदेश सरकारले संचारमैत्री निती, कानुन तथा निर्माण गर्ने भएको छ । सरकारका प्रवक्ता एवम् भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विमला केसीले अब संचारमैत्री प्रदेश निर्माणका लागि सरकार लागि परेको बताएकी हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघको केन्द्रिय समितिले आयोजना गरेको संचार निती र कानुन विषयक अन्तरक्रियामा बोल्दै मन्त्री केसीले सरकारले अन्य प्रदेशको तुलनामा संचारमैत्री निती तथा बजेट ल्याएको दाबी पनि गरेकी छन् । उनले सञ्चार क्षेत्रको विकासको लागि झण्डै २० करोड बजेट छुट्याईएको मन्त्री केसीले जानकारी दिइन् । मन्त्री केसीले अहिले दुई तिहाईको सरकार भएको भन्दै पत्रकारका समस्या सम्बोधन गर्न संविधान नै संशोधन गर्नुपरे पनि सरकार तयार रहेको ठोकुवा गरिन् । ‘पत्रकारहरुको साझा प्रतिवद्धता तथा छलफल भयो भने आवश्यक परेको खण्डमा संविधान संशोधन गर्न सकिन्छ’ मन्त्री केसीले भनिन् । महिला पत्रकारलाई संरक्षण गर्न पनि पुरुष पत्रकारलाई आग्रह मन्त्री केसीको छ । उनले पुरुषलाई महिला मैत्री बन्न आग्रह गर्दै महिला पत्रकारको सशक्तिकरणका लागि प्रदेश सरकार तयार रहेको पनि उल्लेख गरिन् ।

सार्वजनिक खरिद ऐनलाई प्रदेश सरकारले नयाँ ढंगले बनाउन सक्ने पनि बताइन् । हरेक कानुन केन्द्र सरकारको नभई प्रदेश सरकारले छुट्नै संचार नीती ऐन र संरचना बनाएर अघि बढ्नेमा सरकार स्पष्ट रहेको मन्त्री केसीको भनाई छ । ‘अब कर्णालीमा कमिसनको खेल समाप्त पार्ने गरी सरकार लाग्नेछ’ केसीले थपिन्, ‘विकासे बजेट दुरुपयोग गर्न विभिन्न गिरोह सक्रिय रहेकाले त्यस्ता गिरोहलाई सरकारले छुट दिने छैन् ।’ अन्तरक्रियामा बोल्दै सांसदद्वय करविर शाही र हिमबहादुर शाहीले पनि पत्रकारका समस्यालाई सम्बोधन गर्ने गरी संचार नीती बनाउन सरकारलाई सघाउने प्रतिवद्धता जनाए । अन्तरक्रियामा पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, पुर्व कोषाध्यक्ष सुर्यमणी गौतम, केन्द्रिय सदस्य श्याम भट्ट, कलेन्द्र सेजुवाललगायत बोलेका थिए । अन्तरक्रियामा कर्णाली प्रदेशका विभिन्न संचारमाध्ययममा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।

यसैविच, सुर्खेतस्थित नागरिक समाजसँग आवद्ध संघसंस्था तथा राजनितिक दलका प्रतिनिधीहरुले निष्पक्ष भएर समाचार संम्प्रेषण गर्न पत्रकारहरुलाई सुझाव दिएका छन् । वीरेन्द्रनगरमा पत्रकार महासंघ केन्द्रिय समितिले आयोजना गरेको मिडिया नागरिक अन्तरक्रियामा बोल्दै विभिन्न संघ संस्थाका प्रतिनिधीले यस्तो बताएका हुन् । उनीहरुले पछिल्लो समय मिडियाहरु राजनितीक दलको मुखपत्र जस्तो भएकाले समाचार सत्य, तथ्य र निष्पक्ष नभएको गुनासो गरेका छन् । मिडियाहरुबिच अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै उनीहरुले व्यक्तिविशेष नभई सामाजिक विषयलाई उठाएर समाचार सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् । समाज परिवर्तनमा पत्रकारको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्दै उनीहरुले पुर्वाग्रहरहित भएर काम गर्न पत्रकारलाई सुझाव दिएका छन् । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, समाज जागरण केन्द्र (स्याक) नेपाल, आवाज संस्था सुर्खेत, किडार्कका प्रतिनिधी, अधिवक्तालगायतले पत्रकारलाई निष्पक्ष भएर काम गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी