2026-10-15 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

विद्यार्थी आन्दोलनमा प्रहरी दमन

असार २३, सुर्खेत | मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीको आन्दोलनमा प्रहरीले दमन गरेको छ । शनिबार विश्वविद्यालयले आव्ह्रान गरेको वार्तामा विद्यार्थीहरु गए पनि विश्वविद्यालयका पदाधिकारीहरु उपस्थित नभए पछि विद्यार्थीहरु नाराबाजी गरेका थिए । विद्यार्थीको जुलुसमा प्रहरीले लठ्ठी चार्ज गरेपछि एक दर्जनबढी विद्यार्थी घाइते भएका छन् ।

हतियारसहित विश्वविद्यालय परिसरमा छिरेका प्रहरी र विद्यार्थीवीच भएको झडपमा एक दर्जन बढी विद्यार्थीलाई चोट लागेको छ । विद्यार्थीको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरु आक्रोशित बनेका छन् । आक्रोशित विद्यार्थीहरुले शनिबार अर्धनग्न ¥याली निकालेका छन् । उनीहरुले आमरण अनशनमा बसेका विद्यार्थीको स्वास्थ्य अवस्थामाथि विश्वविद्यालय प्रशासनले खेलवाड गरेको आरोप लगाएका छन् ।

सात बुँदे माग राख्दै आमरण अनसन बसेका विद्यार्थीहरुको स्वास्थ्य अवस्था बिग्रदा समेत विश्वविद्यालय पदाधिकारी गम्भीर नभएको विद्यार्थीको आरोप छ । पाँच दिनदेखि आमरण अनसन बसेका रतनकुमार शर्मा र रोशन बस्नेतलाई अस्पतालको आइसियुमा राखिएको छ । विश्वविद्यालयका पदाधिकारीले प्रहरी लगाएर दमन गरि आन्दोलनलाई दबाउन खोजेको विद्यार्थीको आरोप छ ।

इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पुर्ण सेलेबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पुर्ण प्रयोगात्मक कक्षाहरु पुर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पुर्ण छात्रवृति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवःथा गराउनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकको व्यवस्था गर्न माग राख्दै विद्यार्थीहरु असार ५ गतेदेखि आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए