२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

विद्यार्थी आन्दोलनमा प्रहरी दमन

२३ असार २०७५, शनिबार १६:३०

असार २३, सुर्खेत | मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीको आन्दोलनमा प्रहरीले दमन गरेको छ । शनिबार विश्वविद्यालयले आव्ह्रान गरेको वार्तामा विद्यार्थीहरु गए पनि विश्वविद्यालयका पदाधिकारीहरु उपस्थित नभए पछि विद्यार्थीहरु नाराबाजी गरेका थिए । विद्यार्थीको जुलुसमा प्रहरीले लठ्ठी चार्ज गरेपछि एक दर्जनबढी विद्यार्थी घाइते भएका छन् ।

हतियारसहित विश्वविद्यालय परिसरमा छिरेका प्रहरी र विद्यार्थीवीच भएको झडपमा एक दर्जन बढी विद्यार्थीलाई चोट लागेको छ । विद्यार्थीको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरु आक्रोशित बनेका छन् । आक्रोशित विद्यार्थीहरुले शनिबार अर्धनग्न ¥याली निकालेका छन् । उनीहरुले आमरण अनशनमा बसेका विद्यार्थीको स्वास्थ्य अवस्थामाथि विश्वविद्यालय प्रशासनले खेलवाड गरेको आरोप लगाएका छन् ।

सात बुँदे माग राख्दै आमरण अनसन बसेका विद्यार्थीहरुको स्वास्थ्य अवस्था बिग्रदा समेत विश्वविद्यालय पदाधिकारी गम्भीर नभएको विद्यार्थीको आरोप छ । पाँच दिनदेखि आमरण अनसन बसेका रतनकुमार शर्मा र रोशन बस्नेतलाई अस्पतालको आइसियुमा राखिएको छ । विश्वविद्यालयका पदाधिकारीले प्रहरी लगाएर दमन गरि आन्दोलनलाई दबाउन खोजेको विद्यार्थीको आरोप छ ।

इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पुर्ण सेलेबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पुर्ण प्रयोगात्मक कक्षाहरु पुर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पुर्ण छात्रवृति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवःथा गराउनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकको व्यवस्था गर्न माग राख्दै विद्यार्थीहरु असार ५ गतेदेखि आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह