२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

एमयुमा चर्किएको आन्दोलन स्थगित, सहमति पछि विद्यार्थीले ताडे अनशन

२४ असार २०७५, आईतवार १५:४१

असार २४, सुर्खेत | मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् । एमयू पदाधिकारी र विद्यार्थीविच १७ बुदे सहमति भएपछि विद्यार्थीहरुले आईतबारदेखी आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

दुई सातादेखी आन्दोलनरत विद्याथीहरुले पाँच दिनदेखी इन्जिनियरिङ्ग संकायको शैक्षिक सुधारको माग राख्दै आमरण अनशन बसेर आन्दोलन चर्काएका थिए । एमयू पदाधिकारी र विद्यार्थीविच भएको सहमतिमा इन्जिनियरिङ्ग संकायलाई आत्मनिर्भर बनाएर स्वायत्त बनाउने सहमति भएको छ । शुरुको अवस्थामै संकाय रहेकाले सानो सुर्खेतमा निर्माणाधिन इनिजनियरिङ्ग संकायको भवनबाट शैक्षिक कार्यक्रम सञ्चालन आएपछि विस्तारै संकायलाई स्वायत्त बनाउने आश्वासन एमयू पदाधिकारीले दिएको संघर्षरत समितिका सदस्य निकुञ्ज पाण्डेले जानकारी दिए । बुदा नम्बर ८ मा संकाय अन्तरगतका कार्यक्रमलाई मुसुम प्रणालीमा सञ्चालन गर्न संकायका डिन डा. गोविन्दप्रसाद लामिछाने संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरिएको छ । साथै, संकायलाई आत्मनिर्भर बनाएर स्वायत्त बनाउने सहमति भएको छ । उनले गोल्डेन चान्सकै सवालमा पनि संकायकै डिनको संयोजकत्वमा समिति बनाएर अध्ययन प्रतिवेदन तयार गर्ने र कार्यविधि बनाएर लागु गरिने आश्वासन दिएको जानकारी दिए । संकायलाई स्वायत्त बनाउने र गोल्डेन चान्सको विषयमा केही विद्यार्थीहरुले असहमति जनाएको पाण्डेको भनाई छ ।


संकायको विइ हाइड्रोपावरको पूर्ण पाठ्यक्रम तयार गरेर चौथो समेस्टरबाट लागु गर्ने, उपलव्ध स्रोत साधनको पूर्ण रुपमा प्रयोग गरेर प्रयोगात्मक ल्यावहरुको तीन महिनामा व्यवस्थापन गर्ने, केन्द्रीय पुस्तकालयमा रहेका इन्जिनियरिङ्ग संकायका पुस्तकको रेकर्ड राखेर आवश्यक पुस्तकहरुको व्यवस्थापन गर्ने र चालु सेमेस्टरका हरेक विषयको नियमिति व्यवस्थापन गर्न शिक्षकहरुको व्यवस्था गर्दै तालिका बनाएर पठनपाठन प्रभावकारी बनाउने सहमति भएको छ । यस्तै, संकायमा अध्ययनरत पिछडिएका क्षेत्र, दुर्गम, महिला, दलित, जनजाती, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्न डिनको सयोजकत्वमा दुई सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

विई सिभिलतर्फका थप ४८ जना विद्यार्थीहरुका लागि आगामी शैक्षिक सत्रदेखी लागु हुनेगरी १० प्रतिशत छात्रवृद्धि प्रदान गर्न कार्यकारी परिषद्मा सिफारिस गर्ने, अनशनरत विद्यार्थीको अनशन फिर्ता लिने र विश्वविद्यालयमा लागेको ताला खोल्ने समहमति भएको छ । सहमतिपछि अनशनरत विद्यार्थीलाई जुस खुवाएर अनशन ताडेको पाण्डेले जानकारी दिए । उनले शैक्षिक सुधारका लागि गरिएको सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको पनि बताए । वार्तामा विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, रजिष्ट्रार डा. महेन्द्र मल्ल, संकायका डिन समेत रहेका वार्ता समितिका संयोजक डा. गोविन्दप्रसाद लामिछाने र अन्दोलनरत ९ जना विद्यार्थीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ