2026-09-14 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पा ४७ औं जिल्लाको रुपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

असार २६, रोल्पा | रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । 

सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । 

पन्ध्र महिनाभित्रका बालबालिकालाई ११ थरीका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 

जिल्लामा खोप ९५ प्रतिशत पुगेकाले स्वास्थ्य सेवा विभागको स्वीकृतिमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सुशील आचार्यले बताउनुभयो । 

रोल्पासहित ४७ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भइसकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि वसन्त श्रेष्ठले जानकारी दिनुभयो । सन् २०१८ भित्र देशका ७७ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसक्ने बताइएको छ । 

बागलुङ– बागलुङ पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । यहाँ सोमबार राष्ट्रिय खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य विभाग, बाल स्वास्थ्य महाशाखा, खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले उक्त घोषणा गर्दै खोपकै कारण बाल तथा मातृ मृत्युदर घटेको बताउनुभयो । 

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, प्रदेशसभाका सदस्य, स्थानीय निकायका जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायतले पूर्ण खोप सुनिश्चित जिल्लाको रुपमा निरन्तर कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । 

जिल्लाका सबै बालबालिकाले जन्मेदेखि १५ महिनाको उमेरभित्र पाउनुपर्ने ११ प्रकारका खोप पाएको सुनिश्चिता भएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । यही असार १५ गतेसम्म जिल्लाका कूल नौ हजार ८७५ बालबालिका खोपको पहुँचमा आएका छन् । पन्ध्र महिनाको उमेरभित्र लगाउनुपर्ने खोप बालबालिकाले २३ महिनासम्ममा पूर्णरुपमा पाउने गरेका छन् । 

घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले आगामी दिनमा पनि पूर्ण खोपको सुनिश्चिता गर्न सम्बद्ध सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले पूर्ण खोपको सुनिश्चितता कायम राख्न सबै जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो । 

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले खोपलगायत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय तहमा पुगेको छ, भन्नुभयो । अपांगता हुने दर पनि पछिल्लो समय घटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एउटा बच्चाको खोपका लागि राज्यले रु ३० हजार लगानी गरेको छ ।” बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले खोपसँगै नागरिकलाई प्रदान गरिने सबै स्वास्थ्य सेवाप्रति नगरपालिका संवेदनशील रहेको बताउनुभयो । 

जिल्ला खोप समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले खोप कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न अनुगमन र सर्वेक्षणलाई थप सशक्त पारिने उल्लेख गर्नुभयो । यसअघि जिल्लाका नौ स्थानीय तहले छुट्टाछुट्टै रुपमा पूर्ण खोपयुक्त घोषणा गरेका थिए । बागलुङसँगै देशका ४८ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् । 

लहान–सिरहाको लहानलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । लहान नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सो घोषणा गरेको हो । 

नगरपालिका क्षेत्र १ देखि २४ वटै वडाका सम्पूर्ण खोप लगाउने उमेर समूहका बालबालिकाले खोप पाएसँगै नगरलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले जानकारी दिनुभयो । 

नगर प्रमुख मुनी साहको अध्यक्षतामा आयोजित घोषणासभामा प्रदेशसभा सदस्य लगनलाल चौधरीले पूर्ण खोप घोषणासँगै बालबालिकालाई नियमित खोप लगाउने चुनौती बढेको बताउनुभयो । सो अवसरमा पूर्ण खोप घोषणा गराउन योगदान गरेवापत स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले