2026-09-21 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनकेशरीले भुलिछन् मातृभाषा ! ९ वर्षपछि परिवारसँग मिलन

असार २७, काठमाडौँ | नौ वर्षदेखि कुवेतमा रहेकी ३१ वर्षीया सुनकेशरी गुरुङले मातृभाषा नै बिर्सिन् । तर, उनको परिवारले उनलाई बिर्सिएको थिएन ।

कुवेत गएदेखि नै परिवारको सम्पर्कमा नरहेकी सुनकेशरी सोमबार बिहान त्रिभुवन विमानस्थलमा आफूलाई लिन आइपुगेका दाजुभाइको आमुन्नेसामुन्ने भइन्, उनले पुरानो लवजमा बोल्न सकिनन् ।

बिस्तारै आफ्नो भाषा र शब्द बिर्सिंदै गएकी उनले बोलेका सबै शब्द अरबी भाषाका थिए ।

तर दाजु खेम र भाइ वीरकाजीलाई सुनकेशरीका शब्दसँग मतलब थिएन । मतलब थियो त बेपत्ता बहिनीलाई जिउँदो भेट्नुसँग । ‘हामीले उनलाई धेरै खोज्यौं, फेला पार्न नसकेपछि माया मारिसकेका थियौं,’ वीरकाजीले भने, ‘एकैपटक गोरखाका प्रमुख जिल्ला अधिकारीले फोन गरेपछि पो अचम्ममा पर्‍यौं ।’

उहिया–८, गोरखाकी सुनकेशरी २००९ को मार्चमा कुवेत गएकी थिइन् । कुवेत गएदेखि नै परिवारसँग उनको सम्पर्क टुटेको थियो । कुवेती साहुले पनि परिवारसँग कहिल्यै सम्पर्क गर्न दिएका थिएनन् । ‘मलाई घर फर्किन मन थियो, बुबा–आमासँग कुरा गर्न ठूलो मन थियो,’ सुनकेशरीले भनिन्, ‘तर मालिकले कहिल्यै फोन गर्न दिएन ।’

कुवेतमा रहेका अन्य नेपालीसँग पनि उनको सम्पर्क हुन सकेन । राहदानी म्याद सकिएर नवीकरण गर्न कुवेती साहु आएपछि मात्रै सुनकेशरीबारे दूतावासले जानकारी पाएको थियो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक