२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मुस्ताङ दुर्घटनामा परिवार गुमाएका रोल्पाका टुहुरा नाबालकलाई सहयोग

२७ असार २०७५, बुधबार ०८:४२

असार २७, पोखरा | मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले रु १० हजार आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । 


रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङ स्थायी बसोवास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पत्तीको मृत्यु भएपछि पोखराको नयाँ बजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विशश र छ वर्षीय विशेषनलाई कोठामा नै पुगी प्रजिअ अधिकारीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

केन्द्रीय बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेका अनुसार आपत्कालीन बाल उद्धार कोषमार्फत उक्त रकम र कम्मल (दुई थान) उपलब्ध गराइएको छ । 

राहत सहयोग हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले विचल्लीमा परेका यी नाबालकको पठनपाठन एवं संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सहयोग हस्तान्तरण कार्यक्रममा रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष प्रसाद बुढामगरले नाबालकद्वय असहाय भएको बताउँदै उनीहरूको पठपाठन एवं जीवनयापनका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान