२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक निर्माणको झण्डै एक अर्व भुक्तानीमा ढिलाई

२०७५, २७ असार बुधबार १६:४६

असार २७, सुर्खेत | निर्माण कार्यको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई सरकारले निशाना बनाए पनि समेयमै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीहरुले रकम भुक्तानी ढिलाई हुँदा मारमा परेका छन् । कर्णालीका विभिन्न स्थानमा निर्माण कार्यको ठेक्का लिएका निर्माण व्यवसायीहरुले सरकारले सम्झौता अनुसार रकम निकासा नगर्दा व्यवसाय नै जोखिममा परेको बताएका छन् । कर्णालीको सुर्खेत र दैलेखका तीन दर्जन निर्माण व्यवसायीले यहाँका विभिन्न सडक आयोजनाहरु निर्माणको झण्डै एक अर्व रुपैयाँ भुक्तानी नभएको दावी गरेका छन् ।

डिभिजन सडक कार्यालय सुर्खेतबाट ठेक्का सम्झौता भई निर्माण कार्य सम्पन्न भई सकेका र निर्माणको काम भई रहेका सडक आयोजनाहरुको प्रगती प्रतिवेदनका आधारमा रकम भुक्तानी ढिलाई भएको निर्माण व्यवसायीहरुले बताएका छन् । कामको प्रगतीका आधारमा समयमै भुक्तानी नहुँदा आफुहरु कर्मामा परेको व्यवसायीहरु बताउँछन् ।  विभिन्न समयमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरिएका र सोही बमोजिम कार्य सम्पन्न गरिसकेका आयोजनाहरुको पनि भुक्तानी नभएको निर्माण व्यवसायी पदमबहादुर खड्काले बताए ।

श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक खड्काले वीरेन्द्रननगरको चारलाइन सडक निर्माण गर्ने कार्यको दोस्रो चरण अन्तर्गतको ९० प्रतिशत काम सकेर तेस्रो चरणको काम भईरहेको भए पनि निर्माणको काम सकिएको रकम नपाएको बताए । उनले यो सडक निर्माण कार्यको आयोजनाको ९ करोड ५० लाख रकम को कार्य सम्पन्न भइसकेको दावी गरे । उनले सुर्खेतको तातापानी–बावियाचौर–जंगलाघाट र कल्यानकाँध–भेल्तडी–जंगलाघाट सडक निर्माणको काम सकिएको महानौ बित्दा पनि बिल भुक्तानी नपाएको बताए । उनले यो आयोजनामा १० करोड भुक्तानी नगरेको गुनासो गरे ।


यसै गरी ठेक्का सम्झौता बमोजिम पिपिरा–पृतना सडकको ८० लाख, छिन्चु रिङ्गरोडको ५६ लाख, राताचौर–रामघाट सडक कालोपत्रेको ९० लाख, सुर्खेत–दैलेख सडक खण्डको छेडामा कालोपत्रे ढलानको १ करोड ५० लाख रकम निर्माण व्यवसायीले पाएका छैनन् । आरनटोडा–मटेला–कचाली सडकको २५ प्रतिशत काम सम्पन्न भए पनि नियमानुसार पाउनु पर्ने ४ करोड ५० लाख रकम नपाएको खड्काले बताए ।

सुर्खेतको देउती बज्यै सडक र नयाँगाउँ–घुस्रा सडक निर्माण वापतको झण्डै १२ करोड भुक्तानी नपाएको  महालक्ष्मी किँरातेश्वर केएसके जेभी, सुर्खेतका सञ्चालक सूर्य रावतले दुखेसो छ । समयमै काम सम्पन्न गर्दा पनि भुक्तानी ढिलाई हूँदा व्यवसायीलाई मार परेको उनको भनाई छ । निर्माण सम्पन्न भए पनि भुक्तानी ढिलाई हुँदा बैंकको ब्याज बढ्ने, कादारहरुलाई भुक्तानी ढिलाई हुने लगायतका कठिनाइ भएको निर्माण व्यवसायीहरु बताउँछन् ।

सुर्खेत र दैलेखमा मात्र ६६ ओटा साना र ठूला सडक आयोजनाहरुको निर्माण कार्य भई रहेको छ । यी मध्ये कतिपय आयोजनाहरु सम्पन्न भइसकेका छन् । सुर्खेत र दैलेखका विभिन्न ठाउँहरुमा सडक निर्माण, सडक कालोपत्रे, ग्राभेल जस्ता कामहरु हुँदै आएका छन् । विकास निर्माणमा कमजोर कर्णाली प्रदेश सरकारी लापरवाहीले नै विकासे काम नै थप लम्बिने स्थितीमा पुगेको व्यवसायीहरु बताउँछन् ।

बजेट निकासा नहुँदा भुक्तानी ढिलाई

अर्थ मन्त्रालयले सडक विभागलाई बजेट निकासा नगर्दा निर्माण व्यवसायीहरुले भुक्तानी पाउन ढिलाई भएको डिभिजन सडक कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जयलाल मडासैनीले बताए । उनले सडक डिभिजनको कुनै कमजोरी नभएको भन्दै असार मसान्तभित्र सबैको भुक्तानी हुने उनले बताए । ‘कार्यालय प्रमुख रकम निकासाका लागि विभागमा जानु भएको छ’ उनले भने, ‘अब प्रक्रियाअनुसार काम भएका सबै निर्माण व्यवसायीहरुलाई असार मसान्तभित्रै भुक्तानी हुन्छ ।’ रकम निकासामा नै ढिलाई हुँदा निर्माण व्यवसायीलाई भुक्तानीमा ढिलाई भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध