Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

वैदेशिक रोजगारीमा जानेहरु ठगिनुमा नयाँ तथ्य बाहिरियो

By साझासवाल

असार २८, काठमाडौँ | वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ।

गन्तब्य मुलुकमा नेपाली रोजगारदाता र सरकारको पहुँच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेका बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानव अधिकारका लागि जनमञ्चले गरेको अध्ययनमा कामदार शोषणको केन्द्र आफ्नै मुलुक पाइएको छ ।

उक्त अध्ययनका अनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये ४५ प्रतिशत विदेश जानुअघि नै शोषणमा पर्ने गर्छन् ।

वैदेशि रोजगारीको क्रममा ठगीमा परेको तथा सम्झौता अनुसार काम नपाएको भन्दै वैदेशिक रोजगार विमागमा वर्षमा सरदर दुई हजार उजुरी पर्ने गर्छन। जसमध्ये अधिकांशले न्याय पाउन सक्दैनन्।

- यो खबर आजको नागरिक दैनिकमा छ ।