2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट एक मात्र विद्यालय टिएसएलसी तहको शिक्षालयको लागि छनोट

अनिल अधिकारी | असार ३०, काठमाडौँ | नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आगामी २ बर्ष भित्र प्रत्यक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने’ लाई मुर्त रुप दिन प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा आवेदन परेका मध्ये धादिङमा एक मात्र विद्यालय छनोटमा परेको छ । 

प्रदेश ३ बाट २० विद्यालयको नाम टिएसएलसी (प्राविधिक शिक्षालय) का लागि तयारीमा छनोट भएकोमा धादिङ जिल्लाबाट एक मात्र विद्यालय छानिएको छ । धादिङबाट ज्वालामुखी गाउँपालिका-५ स्थित श्री अन्नपूर्ण माध्यामिक विद्यालय टिएसएलसीको लागि छनोट तयारीमा परेको हो । यस विद्यालयमा अब पशुविज्ञान अध्ययन् गर्न पाइने भएको छ । 

धादिङ बाहेक प्रदेश ३ का अन्य जिल्लाहरुमा सिटिईभिटीको टिएसएलसी अन्तर्गत ललितपुरको १, मकवानपुरका ४, दोलखाको १, सिन्धुपाल्चोकका २, चितवनका ३, रामेछापको १, काभ्रेको २ र सिन्धुलीका सबैभन्दा बढी ५ बिद्यालयको नाम परेका छन् । प्रदेश ३ का नुवाकोट, काठमाडौँ, भक्तपुर र रसुवाबाट भने कुनै विद्यालयको नाम परेनन् । सरकारले देशभर ११० विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालनको अनुमती दिएको छ । 

परिषद्ले एसईई पास गरेका विद्यार्थीहरुका लागि कृषिमा ३ वटा विषय पढाउने गरेको छ । जसअन्तर्गत बिरुवा विज्ञान, जनावर विज्ञान र डिप्लोमा खाद्य र डेरीसम्बन्धी प्राविधि विषय रहेका छन् । 

धादिङ जिल्लामै एक मात्र विद्यालयको रुपमा पशु विज्ञान बिषयको प्राविधिक शिक्षालय छनोट हुन धादिङकोअन्नपूर्ण माविले यो अवसर त्यति सहजै भने प्राप्त गरेको होइन । प्राविधिक शिक्षालयको लागि बिद्यालयले बिभिन्न प्रयासहरु गरेको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमार्फत यस नवीन कार्यलाई सफल पार्ने प्रतिबद्धताका लागि गाउँपालिकादेखि बिद्यालय तहबाट सक्दो भूमिका निभाएका थिए । जसकाल लागि छलफल तथा बिद्यालय अनुगमनका कार्यक्रम र बिद्यालयले भक्तपुर स्थित परिषद कार्यालयमै आएर यस सम्बन्धि आवश्यक प्रयासहरु भएका थिए । 

:: CTEVT का प्राविधिक अधिकृत डाकुरनाथ पराजुली बिद्यालय अनुगमनको क्रममा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई