२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट एक मात्र विद्यालय टिएसएलसी तहको शिक्षालयको लागि छनोट

३० असार २०७५, शनिबार १६:४५

अनिल अधिकारी | असार ३०, काठमाडौँ | नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले 'आगामी २ बर्ष भित्र प्रत्यक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने' लाई मुर्त रुप दिन प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा आवेदन परेका मध्ये धादिङमा एक मात्र विद्यालय छनोटमा परेको छ । 

प्रदेश ३ बाट २० विद्यालयको नाम टिएसएलसी (प्राविधिक शिक्षालय) का लागि तयारीमा छनोट भएकोमा धादिङ जिल्लाबाट एक मात्र विद्यालय छानिएको छ । धादिङबाट ज्वालामुखी गाउँपालिका-५ स्थित श्री अन्नपूर्ण माध्यामिक विद्यालय टिएसएलसीको लागि छनोट तयारीमा परेको हो । यस विद्यालयमा अब पशुविज्ञान अध्ययन् गर्न पाइने भएको छ । 

धादिङ बाहेक प्रदेश ३ का अन्य जिल्लाहरुमा सिटिईभिटीको टिएसएलसी अन्तर्गत ललितपुरको १, मकवानपुरका ४, दोलखाको १, सिन्धुपाल्चोकका २, चितवनका ३, रामेछापको १, काभ्रेको २ र सिन्धुलीका सबैभन्दा बढी ५ बिद्यालयको नाम परेका छन् । प्रदेश ३ का नुवाकोट, काठमाडौँ, भक्तपुर र रसुवाबाट भने कुनै विद्यालयको नाम परेनन् । सरकारले देशभर ११० विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालनको अनुमती दिएको छ । 

परिषद्ले एसईई पास गरेका विद्यार्थीहरुका लागि कृषिमा ३ वटा विषय पढाउने गरेको छ । जसअन्तर्गत बिरुवा विज्ञान, जनावर विज्ञान र डिप्लोमा खाद्य र डेरीसम्बन्धी प्राविधि विषय रहेका छन् । 

धादिङ जिल्लामै एक मात्र विद्यालयको रुपमा पशु विज्ञान बिषयको प्राविधिक शिक्षालय छनोट हुन धादिङकोअन्नपूर्ण माविले यो अवसर त्यति सहजै भने प्राप्त गरेको होइन । प्राविधिक शिक्षालयको लागि बिद्यालयले बिभिन्न प्रयासहरु गरेको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमार्फत यस नवीन कार्यलाई सफल पार्ने प्रतिबद्धताका लागि गाउँपालिकादेखि बिद्यालय तहबाट सक्दो भूमिका निभाएका थिए । जसकाल लागि छलफल तथा बिद्यालय अनुगमनका कार्यक्रम र बिद्यालयले भक्तपुर स्थित परिषद कार्यालयमै आएर यस सम्बन्धि आवश्यक प्रयासहरु भएका थिए । 

:: CTEVT का प्राविधिक अधिकृत डाकुरनाथ पराजुली बिद्यालय अनुगमनको क्रममा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह