2026-10-29 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु

2026-10-07

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घरदैलोभन्दा फरक ढङ्गले नागरिकका दैनन्दिन समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ। धादिङबेसीबाट सुरु गरिएको उक्त अभियानका क्रममा रास्वपाका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राजनीतिक दल र आम नागरिकबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिए।

नेता खरेलले चुनावका बेला मात्रै भोट माग्न मतदाताको ढोका ढक्ढक्याउने परिपाटीको अन्त्य गर्दै नागरिकका सास्ती र आवश्यकता बुझ्न अभियान थालिएको स्पष्ट पारे। राज्यको केन्द्रीय संरचना र जनताको दैनिक जीवनबीचको दूरी घटाउन प्रत्यक्ष सम्पर्क आवश्यक रहेको भन्दै उनले घरदैलोमै पुगेर संकलन गरिएका सुझाव तथा गुनासालाई पार्टीको आगामी नीति निर्माण, संगठन सुदृढीकरण र जनप्रतिनिधिको भूमिका प्रभावकारी बनाउन प्रयोग गरिने जानकारी दिए।

साथै, सांसदको जिम्मेवारी आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित नभई देशभरका नागरिकका सवाल संसद्मा उठाउनु रहेको धारणा राख्नुभयो। धादिङ आउने क्रममा बाढीबाट क्षति पुगेका सडक तथा पुलको निरीक्षण गर्दै खरेलले पूर्वाधार पुनर्निर्माणमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए। साथै उनले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे। अभियानमा प्रवक्ता खरेलका साथै प्रतिनिधिसभा सदस्यहरू बसुमाया तामाङ र डा. राम लामा एवम् केन्द्रीय सदस्य सुशीला कार्की सहभागी छन्। रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार अभियान टोलीले जिल्लाका विभिन्न स्थानीय तह र टोल-टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछ र संकलित सुझावहरू पार्टीको केन्द्रीय नेतृत्वसमक्ष पेस गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम