2026-10-07 12:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु

2026-10-07

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घरदैलोभन्दा फरक ढङ्गले नागरिकका दैनन्दिन समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ। धादिङबेसीबाट सुरु गरिएको उक्त अभियानका क्रममा रास्वपाका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राजनीतिक दल र आम नागरिकबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिए।

नेता खरेलले चुनावका बेला मात्रै भोट माग्न मतदाताको ढोका ढक्ढक्याउने परिपाटीको अन्त्य गर्दै नागरिकका सास्ती र आवश्यकता बुझ्न अभियान थालिएको स्पष्ट पारे। राज्यको केन्द्रीय संरचना र जनताको दैनिक जीवनबीचको दूरी घटाउन प्रत्यक्ष सम्पर्क आवश्यक रहेको भन्दै उनले घरदैलोमै पुगेर संकलन गरिएका सुझाव तथा गुनासालाई पार्टीको आगामी नीति निर्माण, संगठन सुदृढीकरण र जनप्रतिनिधिको भूमिका प्रभावकारी बनाउन प्रयोग गरिने जानकारी दिए।

साथै, सांसदको जिम्मेवारी आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित नभई देशभरका नागरिकका सवाल संसद्मा उठाउनु रहेको धारणा राख्नुभयो। धादिङ आउने क्रममा बाढीबाट क्षति पुगेका सडक तथा पुलको निरीक्षण गर्दै खरेलले पूर्वाधार पुनर्निर्माणमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए। साथै उनले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे। अभियानमा प्रवक्ता खरेलका साथै प्रतिनिधिसभा सदस्यहरू बसुमाया तामाङ र डा. राम लामा एवम् केन्द्रीय सदस्य सुशीला कार्की सहभागी छन्। रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार अभियान टोलीले जिल्लाका विभिन्न स्थानीय तह र टोल-टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछ र संकलित सुझावहरू पार्टीको केन्द्रीय नेतृत्वसमक्ष पेस गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’