पढ्न करिब 1 मिनेट लाग्छ

असार ३१, काठमाडौँ | परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ ।

जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरुमा यसको प्रयोग न्युन भएको हो ।

वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पत्ती लामो समयसम्म छुट्टिएर वस्दा उनीहरुबीच योनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्युन देखिएको विशेषज्ञ बताउँछन् ।

परिवार स्वास्थ्य महाशाखाको थ्यांक अनुसार नेपालमा १५ देखि १९ वर्षका विवाहित किशोरीमध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्छन् । विवाहित महिलामध्ये ५३ प्रतिशतले भने परिवार नियोजनका साधन अपनाइरहेका छन् । विशेष गरी प्रदेश ४ र ५ मा यसको प्रयोग अत्यन्तै न्यून छ, दुवै प्रदेशमा ३८ प्रतिशत मात्रै प्रयोग गर्छन ।

जातिगत स्थिति हेर्दा मधेसी र मुस्लिम समुदायमा यसकोप्रयोग कम छ ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ ।