Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाँच वर्षमा कृषि उत्पादन यसरी बनाइदैछ दोब्बर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३२, काठमाडौँ | पाँचवटा कृषि उपजको उत्पादन आगामी पाँच वर्षमा दोब्बर बनाउन सवा खर्ब रुपैयाँ लगानी गरिने भएको छ । यसका लागि हरेक वर्ष उत्पादन बढाउँदै जाने योजना सरकारले अघि सारेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि उपजको उत्पादन प्रत्येक वर्ष कम्तीमा १५ प्रतिशतका दरले वद्धि गर्दै लैजान पाँच वर्षमा एक खर्ब १६ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलको क्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धान, मकै, गहुँ, तरकारी र फलफूल बालीमा पाँच वर्षमा उत्पादन दोब्बर बनाउन सकिने प्रस्ताव अगाडि सारेको हो ।

मन्त्रालयका तर्फबाट सचिव डा.युवकध्वज जीसीले आर्थिक वर्ष २०७५/७६ को मार्गचित्र प्रस्तुत गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन्। आव २०७५/७६ को बजेटमार्फत सरकारले पाँच वर्षमा कृषिका प्रमुख उत्पादन दोब्बर बनाइने घोषणा गरेको छ ।

प्रत्येक वर्ष १५ प्रतिशत वृद्धिदर हासिल गर्न निकै कठिन भए पनि कृषि गार्हस्थ उत्पादन दोब्बर वा किसानको आम्दानी दोब्बर बनाउन भने सम्भव रहेको सचिव जीसीले बताए। उनले भने, ‘कृषि क्षेत्रको अर्थतन्त्रमा गुणात्मक प्रभाव १.५ प्रतिशत रहन्छ। १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कृषि क्षेत्रमा कम्तीमा ६.७ प्रतिशत वृद्धि गर्नुपर्छ।’

- यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।