पढ्न करिब 1 मिनेट लाग्छ

साउन २, काठमाडौँ | सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २/३ हजारको लाइसेन्स रद्द हुने भएको छ ।

साथै, रिट्रायल पनि हुने छैन । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र जगाती, एकान्तकुना, ठूलोभर्याङ, सुकेधारासहित देशभरका कार्यालयमा अघिल्लो आव (२०७४/७५) मा ट्रायल पास गरेका र राजश्व तिर्न बाँकी भएका सेवाग्राही लाइसेन्स कार्यालय पुगेका थिए ।

तर, कार्यालयले उनीहरुलाई कार्याविधिअनुसार नमिल्ने र विभागबाट निर्देशन नआएको भन्दै फर्काइएको कार्यालयहरुले जनाएका छन् ।