२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक टंक बुढाथोकीले अशोकलाई आफ्नै फाइदाको लागि त प्रयोग गर्दै छैनन् ?

२०७५, २ श्रावण बुधबार ०३:०४

साउन २, काठमाडौँ | पछिल्लो समय युटुवमा भाईरल बनेका बालगायक अशोक दर्जीको बिषयलाई लिएर केहि विवाद र केहि सकारात्मक पक्षका कुरा उठेका छन् ।  चर्चामा रहेको बिषयलाई स्वभाविकै चर्चा गरिन्छ नै । अशोक दर्जी सार्वजनिक भएपछी उनको बिषयमा सार्वजनिक बिषयमा चासो दिनु स्वभाविकै हो । भाइरल बनेका अशोकलाई लिएर यतिखेर उनको संरक्षकको जिम्मा पाएका गायक टंक बुढाथोकी निकै व्यस्त छन् । सायद अशोक थिएनन् भने टंक अहिले यो उचाईमा हुने थिएनन् या भनौं उनि अहिले जति व्यस्त बन्ने थिएनन । 

यस्तो अवस्थामा पछिल्लो समय अशोक दर्जी लाई लिएर विदेश भ्रमणमा रहेका गायक टंक बुढाथोकीलाई बालश्रम शोषण गरेको आरोप लागेको छ । पढ्नुपर्ने समयमा भाइरल बनेको मौका छोपेर अशोकलाई प्रयोग गरेर कमाउ धन्दा चलाईरहेको गायक टंक बुढाथोकीलाई आरोप लागेको हो । टंकले प्रतिभाको कदर गरेर टंकको उद्दार गर्नु सकारात्मक पक्ष भन्ने र उनलाई प्रयोग गरेर कमाउ धन्दा चलाएको बिषयमा उत्तिकै बहश भएका छन् । 

यो उमेर र समयमा अशोकले पढाई र आफ्नो प्रतिभालाई बराबर रुपमा अगाडी बढाउनपर्ने बेलामा उनको व्यस्तता पढाईमा नहुँदा शुभचिन्तकहरुले टंक बुढाथोकीलाई नकारात्मक रुपमा हेर्न थालेका छन् । पढाईलाई बिशेष प्राथमिकता दिएर समय अनुकुल विदेश भ्रमण गराउनुपर्ने बेला महिनौं पढाई तिर ध्यान नदीई विदेशबाट अफर आउनेबित्तिकै दौडीहाल्दा अशोकले शिक्षामा ठूलो क्षेती हुने बताइएको छ । यो उमेरमा उनले पढ्न तिर नभई अन्य कुरामा ध्यान दिँदा त्यसको प्रत्यक्ष असर उनको भविष्यमा पर्ने केहि मनोचिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । यस बिषयमा केहि कलाकार तथा कह्ही गायकहरुले समेत चासो व्यक्त गरेका छन् ।  

तश्विर: गायक टंक बुढाथोकीको फेसबुकबाट 

गायक टंकले अशोकको भविष्य नभई कमाऊ धन्दामा लागेको धेरैको आरोप छ । सेलिब्रेटीको नाममा महिनौं पढाई छुटाईदिँदा अशोकको पढ्ने समयलाई ठूलो असर पर्न सक्ने केहीको तर्क छ । अशोकको स्वर आफैमा जादुमयी छ, उनलाई उचित शिक्षा दिँदा भविष्यमा उनको गायिकी अझै कलात्मक हुनसक्छ, अन्यथा उनि केहि समय भाइरल भएर भविष्यमा हराउन सक्ने चिन्ता पनि छ । 

उता अशोक प्रयोग भईरहेको सन्दर्भमा केहि तथ्यहरु पनि सार्वजनिक भईरहेका छन् । गायक टंक बुढाथोकीले परिवारलाई सघाउने बहानामा अशोकको गलत प्रयोग गरेको र सहयोग अभियान समेत पारदर्शि नबनाई अशोकको कमाईलाई प्रयोग गरेको भन्दै श्रम शोषण गरेको आरोप छ । अशोकको स्कुलले समेत अशोकको पढाई नराम्ररी प्रभावित भईरहेको बिषयमा जानकारी गराएको छ ।  उनि लामो समयदेखि स्कुलमा गएका छैनन् । स्कुल नछुटाई पढ्नुपर्ने बेलामा उनि महिनौं स्कुल नहुँदा उनको भविष्यमा त्यसको असर कस्तो पर्ला भन्ने चिन्ता स्कुललाई छ । उनि बेथेल एजुकेसनल एकेडेमीमा युकेजी अध्ययरत छन् । स्कुल स्रोतका अनुसार वैशाखमा भर्ना भएका अशोक असारसम्म महिना दिन भन्दा बढी हाजिर छैनन् । अझै उनि कति दिन स्कुल जाँदैनन्, अत्तोपत्तो छैन । साथै उनको परिक्षा समेत छुटेको छ ।

पढ्ने उमेरमा अशोकको अधिकांश समय गायक टंकले आफ्नो तरिकाले प्रयोग गरेका छन् । युकेजीको सुरुवाती तहको पढाई गर्दै गएको बालकलाई अहिले टंकले कहिले दुबई त मलेसिया हुँदै अब युरोप लाने तयारीमा रहेको बुझिएको छ । यसरी अशोकको पढाई अझै प्रभावित हुने पक्का छ । 

झट्ट हेर्दा एउटा सडकमा गाउँदै हिड्ने बालकलाई उठाएर सेलिब्रेटी बनाउनमा टंकको ठूलो योगदान देखिन्छ तर त्यसैको नाममा अशोकको भविष्य प्रति खेलवाड गर्दा त्यसको प्रतिफल नकारात्मक रुपमा आउन सक्नेमा टंकले ख्याल राख्नुपर्ने देखिन्छ । जतिसुकै ठूलो सेलिब्रेटी वा ठूलो मान्छे बन्न नैतिक शिक्षाको अत्यावाश्यक हुन्छ । पढाईको सन्दर्भमा बेस (जग) बनाउँदै गरेका अशोकलाई उचित समयमा उचित कुरामा केन्द्रित नगराई त्यसको उल्टो गरियो भने त्यसको असर नराम्रो पर्न सक्छ । त्यसैले वालचिकित्सकहरुको सल्लाह लिएर मात्र काम गर्नु उपयुक्त हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो