२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ९२ प्रतिशत विकासे बजेट खर्च, असार महिनामा मात्रै ३९ प्रतिशत खर्च गरीयो

२ श्रावण २०७५, बुधबार ०५:५६

लोकेन्द्र प्रसाद जोशी/साउन २, दार्चुला । दार्चुला जिल्लामा असार महिनामा मात्रै ३९ प्रतिशत बिकासे बजेट खर्च भएको पाइएको छ । गत आर्थिक बर्षको ११ महिनासम्म खर्चदर न्युन रहेपनि अन्त्यमा आएर करोडौ रकम निकासा गएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ ।


जिल्लाका स्थानीय तह र बिभिन्न सरकारी कार्यालयहरुले पुजिगततर्फको ९२.५४ प्रतिशत बिकासे बजेट खर्च गरेकाछन् । जबकी कोष तथा लेखा नियन्त्रण कार्यालयले ७५ देखी बढीमा ८० प्रतिशतमात्रै पुजीगत बजेट खर्च हुनसक्ने अनुमान गरेको थियो । बजेट सिद्धाउने निहुमा असार महिनामा अन्धाधुन्द बजेट निकासा तथा खर्च भएको छ ।


दार्चुला जिल्लामा १० दिनको अवधिमा मात्रै २६ प्रतिशत बढी बजेट खर्च भएको तथ्यांक छ । 

गत आर्थिक बर्ष २०७४÷०७५ को लागी पुजिगततर्फ दार्चुलामा कुल १ अर्ब २३ करोड २४ लाख २९ हजार ८ सय २ रुपैयाँ बजेट रहेकोमा असार मसान्तसम्म १ अर्ब १३ करोड ९२ लाख ५३ हजार ३ सय ४८ रुपैया अर्थात ९२.५४ प्रतिशत बजेट खर्च भएको छ । जेठ मसान्तसम्म ५४ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेका स्थानीय तह र सरकारी कार्यालयहरुले असार महिनाको अवधिमा मात्रै बजेटको एक तिहाइ भन्दा बढी रकम अर्थात करिब ३९ प्रतिशत बजेट खर्च गर्न भ्याएकाछन् । असार १५ गतेपछि खर्च दर निकै बढेको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका सूचना अधिकारी इन्द्र सिह धामीले जानकारी दिनुभयो ।

यस्तै चालुतर्फ ३ अर्ब ८४ करोड ७ लाख ३२ हजार ३ सय ६४ रुपैयाँ बजेट रहेकोमा ३ अर्ब ५६ करोड ५३ लाख ४८ हजार ९ सय ७९ अर्थात ९३ प्रतिषत बजेट खर्च भएको छ । यस्तै गत बर्षको कुल राजश्व आम्दानी २० प्रतिशतले बृद्धि भएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा राजस्व आम्दानी ८ करोड ५९ लाख २३ हजार ९ सय ४३ रुपैयाँ रहेकोमा गत आर्थिक बर्षमा १० करोड ७९ लाख १० हजा ५ सय ८८ रुपैयाँ आम्दानी भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख जयानन्द जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा