२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको मोबाइल अत्याधिक तात्छ ? सावधान ! यस्तो नोक्सान हुन्छ, कसरी चिसो बनाउने ?

२०७५, ५ श्रावण शनिबार ११:२६

स्मार्टफोनको प्रयोग केवल टेलिफोन सम्बादमा मात्र सिमित छैन् । स्मार्टफोन बहुउपयोगी डिभाइस भएको जसलाई हामी इन्टरनेट चलाउन, गेम खेल्न, तस्वीर तथा भिडियो खिच्न, आवाज रेकर्ड गर्न पनि प्रयोग गर्दछौं ।

बिभिन्न प्रयोजनमा दिनमा हामी घण्टौं स्मार्टफोन प्रयोग गरिरहेका हुन्छौं । उपभोक्ताका यही आबश्यकतालाई दिँदै स्मार्टफोन उत्पादकहरुले अहिले ठूलो-ठूलो क्षमतायुक्त स्मार्टफोन बनाइरहेका छन् । त्यतिले पनि नपुगे ब्याट्री ब्याकअपको विकल्प छँदैछ ।

तर, यसरी घण्टौं स्मार्टफोन चलाउँदा फोन अत्यधिक तात्ने र काम नगर्ने समस्या देखिनु सामान्य जस्तै भएको छ । आइफोन, सामसुङ ग्यालेक्सी, सोनी जस्ता नामुद कम्पनीले उत्पादन गरेका स्मार्टफोनहरुमा अत्यधिक तात्ने समस्या देखिन्छ ।

यसरी फोन तात्नु सामान्य समस्या भने पक्कै हैन् । फोन धेरै तात्यो भने ब्याट्रीमा क्षति पुग्न सक्छ, कुनैकुनै स्मार्टफोन त बिष्फोट पनि हुनसक्छन् ।

स्मार्टफोन तात्नुका कारणहरु के के हुन सक्लान ? के कारणले फोन तात्ने समस्या आउँछ र यसका समाधानका उपायहरु के हुन सक्छन् ? आउनुहोस् हामी केही प्रारम्भिक चरणका समाधानका उपायबारे जानकारी दिँदैछौं ।

स्मार्टफोन किन तात्छ ?

यसको उत्तर सामान्य छ । भौतिक बिज्ञानलाई आधार मान्दा चलायमान हुँदा ताप उत्पन्न हुन्छ । हाम्रो स्मार्टफोनले पनि भौतिक रुपमा काम गरिरहेको हुन्छ र यसले निश्चय नै ताप उत्पन्न गर्छ ।

तपाईंको स्मार्टफोनले उत्पन्न गर्ने तापको मात्रा त्यसले खर्च गर्ने बिजुलीको मात्रासँग अनुपातिक हुन्छ । यदि तपाईंले स्मार्टफोनमा गेम खेलिरहनु भएको छ भने यसका लागि सेन्ट्रल र ग्राफिक्स प्रोसेसिङ युनिटको सक्रियता आवश्यक हुन्छ । दुवै केन्द्रीय चिप्समा (एसओसी) सम्बन्धित हुन्छन् । त्यसले ताप पैदा गर्छ । स्वभाविक रुपमा कार्यसञ्चालन गर्न यसलाई धेरै शक्तिको आवश्यक पर्छ ।

तपाईंको फोन हल्का तातो हुँदा आत्तिनुपर्ने केहि छैन, तिनीहरुको कार्यसञ्चालन नै त्यसैगरी डिनाइन् गरिएको हुन्छ । तर, अस्वाभाविक रुपमा बढी तातो भएभने चाहीँ त्यो चिन्ताको कारण बन्नसक्छ ।

सामान्यतः स्मार्टफोनको केन्द्रीय कार्यप्रणाली (एसओसी) अनुकुलित ढंगबाट तयार गरिएको हुन्छ र बढी तात्ने समस्या यसमा निक्कै कम हुन्छ । यो प्रणालीको निर्माण उच्च तापक्रमलाई सम्हाल्नसक्ने बनाइएको हुन्छ ।

जव तपाईंको डिभाइसले सम्भावित हानिकारक तापक्रम पैदा गर्छ तव प्रोसेशरको गति कम हुन्छ । तपाईंको डिभाइस ढिलो चल्यो वा हृयाङ हुन थाल्यो भने सम्झनुस् उच्च तापक्रमको समस्या फोनमा देखियो । निक्कै तातेको अवस्थामा डिभाइसमा यस्तो सन्देश देखिन्छ, ‘जवसम्म डिभाइस चिसो हुँदैन तवसम्म फोन नचलाउनुुुस् ।’

स्मार्टफोन तात्दा के के नोक्सानी हुन्छ ?

ब्याट्री तापमा निक्कै संवेदनशील हुन्छ । ३० डिग्री सेन्टिग्रेटभन्दा बढी तापक्रममा लिथियम आयोन ब्याट्रीले नकारात्मक काम गर्न थाल्छ । र, हरेक पटक चार्च गर्दा यसमा तापक्रम बढ्छ र नकारात्मक काम गर्न सुरु हुन्छ ।

जव कार्यप्रणाली चिप्समा तापक्रम बढ्छ तव प्रोसेसरको गति ढिला हुन्छ । तापक्रमकै कारण कहिलेकाहीँ यसले नकारात्मक काम गर्छ । यदि लामो समयसम्म उच्च तातो भइरहृयो भने यो चिपमा भौतिक क्षति पुग्छ । यसले ब्याट्रीमा पनि क्षति पुग्न सक्छ । तर एसओसी भन्दा ब्याट्री केहि सुरक्षित हुनेछ ।

यसरी चिसो बनाउनुस्

स्मार्टफोन तातेर समस्या आएको छ भने यसको समाधान पनि छ । स्मार्टफोनमा पछिल्ला अत्याधुनिक संस्करणहरुमा प्रोसेसिङ पावर बढाइएको हुन्छ भने छिटो चार्च हुने ठूला ब्याट्रीको प्रयोग गरिएको हुन्छ ।

यति हुँदाहुँदैपनि अक्सर प्रयोगकर्ताहरुले फोनका केहि सुविधा प्रयोग गर्दा तात्ने समस्या देखिन्छ । संभवतः चार्च गर्दा, गेम खेल्दा तथा ठूला एपहरु प्रयोग गर्दा यो समस्या आउने गरेको हुन्छ ।

तर पनि धेरै केसहरुमा उच्च तापक्रमको समस्या फोनको हार्डवयेरमा देखिन्छ । यहाँ केहि टिप्सहरु दिइएका छन् जहाँ तातेको फोनलाई चिसो बनाउन सकिन्छ ।

स्मार्टफोनको कभरले गर्दा तात्ने समस्या बढी हुनसक्छ । त्यसैले फोन तातेको अवस्थामा कभर निकाल्नुभयो भने केहि हदसम्म तात्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

स्मार्टफोन चार्च गर्दा कडा स्थानमा राख्नुहोस न कि बेड वा सोफा । यिनीहरुले ताप उत्सर्जन गर्छन् र चार्च भएका बेला फोनको तापक्रम बढाउन यसले भूमिका खेलेको हुनसक्छ ।

हामीमध्ये धेरैले स्मारटफोन रातभरी चार्चमा राख्छौं । यसरी रातभरी चार्चमा राख्दा तपाईंको स्मार्टफोनको ब्याट्रीमात्र कमजोर हुँदैन डिभाइसमा तापक्रम पनि बढाउँछ । यस्ता मामलाहरु पनि छन् कि ब्याट्री ओभरचार्च गर्दा डिभाइस पड्किएका छन् ।

त्यस्ता केहि एपहरु छन् जसले प्रोसेसिङ पावर र ग्राफिक्समा क्षति पुर्‍याइरहेका हुन्छ । साथसाथै यसले डिभाइसको तापमान पनि बढाइरहेको हुन्छ । यस्ता एपले पृष्ठभूमीमा काम गरिरहेको हुन्छ र शक्ति क्षयीकरण गरिरहेको हुन्छ । यसले डिभाइसमा ओभरहिटिङको समस्या देखिन्छ ।

फोन डिभाइसलाई उच्चा तापक्रमबाट जोगाउनका लागि सूर्यको सिधा प्रकाशबाट जोगाउनुस् । सूर्यको सिधा प्रकाशका साथै चलिरहेको डिभाइसको तापको समिश्रणबाट उच्च तापक्रम सृजना हुन्छ ।

डिभाइसको चार्जर र ब्याट्रीभन्दा अन्य प्रयोग गरिनु पनि स्मार्टफोन तात्नुको मूख्य जिम्मेबार हुन् । ब्याट्रीमात्र होइन चार्जरपनि अर्को डिभाइसको प्रयोग गर्दा यसले अतिरिक्त ताप उत्सर्जन गर्छ ।

चिस्याउन यी एपहरु प्रयोग गर्नुहोस

स्मार्टफोनमा तापक्रम बढेपछि प्रोसेसर ढिलो हुन्छ । तापक्रम उच्च हुँदा डिभाइसभित्र रहेको कुलिङ सिस्टमले पनि काम गर्न सक्दैन ।

कहिलेकाही पृष्ठभूमीमा काम गरिरहेको एपका कारण स्मार्टफोनको तापक्रम कम हुन समय लाग्छ ।

तातेको स्मार्टफोन एपको प्रयोग गरेर चिस्याउन सकिन्छ । गुगल प्लेस्टोरमा स्मार्टफोनको तापक्रममा निगरानी राख्नको लागि थुप्रै एपहरु छन् । स्मार्ट थर्मोमिटर, डिभाइस थर्मोमिटर तथा सिपियु टेम्प्रेचरको प्रयोग तपाईंका लागि फाइदाजनक हुनसक्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा