२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मुक्त कमैयाका जीवनस्तर फेरिदै

६ श्रावण २०७५, आईतवार ०३:३६

सिद्धराज भट्ट | साउन ६, धनगढी | मालिकको घरमा कमैया भएर बस्दाको समयमा काठ र फुसले बनेको कच्ची घर टहरोमा बसेकी मुक्तकमैया सुन्दरी चौधरीले आफ्नो जीवनमा पक्की घरमा बस्न पाइएला भनेर कहिल्यै सोच्नु भएको थिएन । 

तर मुक्तिपछिका दिनमा भएको सचेतनासँगै अहिले उहाँको जीवनशैली फेरिएको छ । मुक्तिपछिका दिनमा श्रीमान् नरेश चौधरीले सिकेको डकर्मी तालीमको व्यावहारिक उपयोग गर्दै गरिएको कामबाट राम्रै कमाइ हुन थालेपछि उहाँको परिवारको जीवनशैली पनि फेरिन थालेको हो । 

“कच्ची घर टहरामा बसेर मालिकले अह्राएको काम गर्नु पर्दा आफ्ना दिन फेरिन्छन् भन्ने सोचिएको थिएन, उहाँले खुशी हुँदै भन्नुभयो, “मुक्तिपछिका दिनमा सीप सिकेर गरिएको कामले आम्दानी हुँदा सन्तुष्ट भएकी छु ।” 

कमाइसंगै उहाँको धनगढीको पुरानो हवाई मैदानमा पक्की घर निर्माण अन्तिम चरणमा पुगेको छ । आफ्ना श्रीमान्को कामलाई सघाउँदै जाँदा सुन्दरी पनि अनुभवी डकर्मी बन्नुभएको छ । आफैँसँग घर चुनाइ गर्ने सीप भएकाले घर निर्माणमा सामग्रीबाहेकको खर्च नलागेको सुन्दरीले बताउनुभयो । 

“एउटा ठाउँमा पक्की घरको काम पाएकै बेला अर्को ठाउँमा घर निर्माणका लागि बोलावट भइहाल्छ, श्रीमती सुन्दरीले भन्नुभयो, आर्थिक समस्याकै कारण कुनै समयमा छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्थामा नरहेका उहाँका चार छोराछोरी अहिले नजिकको विद्यालयमा गएर पढ्ने गरेका छन् । 

कैलालीको चौमालाका एक किसानको घरमा कमैयाका रुपमा विगतमा काम गरेका सुन्दरीको परिवार मुक्तिपछिका दिनमा धनगढीको पुरानो हवाई मैदानमा कच्ची घर बनाएर बसेको छ । 

अर्का मुक्तकमैया गोपाल चौधरीले किस्तामा विद्युतीय रिक्साको व्यवसाय शुरु गर्नुभएको छ । “रु चार लाखमा रिक्सा किनेर काम गरिरहेको छु, गोपालले भन्नुभयो मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ ।” 

उहाँले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनु भएको छ । मुक्तकमैयाले पछिल्लो पटक गरिरहेको स्वरोजगारमूलक व्यवसायबाट आम्दानी वृद्धि हुँदा उनीहरुको जीवनयापन पनि पहिलेको भन्दा केही सहज बनेको देखिएको छ । 

धनगढीको पुरानो हवाई मैदानमा बसेका मुक्तकमैयालाई पुनःस्थापना जिल्ला समितिले प्रतिपरिवार पाँच धुर जग्गा उपलब्ध गराउने पहल थालेको भए पनि उनीहरुले अहिलेसम्म जग्गाको पूर्जा भने पाएका छैनन् । जग्गाको पूर्जा नपाउँदै पाँच धुर जग्गामा कतिपय पूर्वकमैया अहिले आफ्नो पक्की घर निर्माणमा लागेका छन् । 

पुरानो हवाई मैदानमा झण्डै ५० मुक्तकमैया परिवारको बसोबास रहेको छ । जिल्ला भूमिसुधार कार्यालयको तथ्यांकका अनुसार हालसम्म झण्डै चार हजारभन्दा बढी मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालीम दिइएकोमा करीब ७० प्रतिशतले आफ्नो सीपको व्यावहारिक सदुपयोग गरेको देखिएको छ । 

मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइ कटाई, बंगुरपालन, कुखुरापालन, तरकारी खेतीलगायतका विषयमा तालीम पाउने गरेका छन् । शेरबहादुर देउवाको सरकारले विसं २०५७ साउन २ गते नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङमा रहेको कमैया प्रथालाई अवैध घोषणा गर्दै कमैया मुक्ति घोषणा गरेको थियो । 

मुक्ति दिवसको अवसरमा मुक्तकमैयाले यहाँ विभिन्न कार्यक्रम गरी मुक्ति दिवस मनाएका छन् । कैलालीमा मुक्तकमैया परिवारको संख्या आठ हजार ९१० पहिचान भएकामा हालसम्म आठ हजार ४२९ मुक्तकमैया परिवारको पुनःस्थापन भइसकेको छ । अझै ४८१ जना मुक्तकमैया परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ । 

सरकारले मुक्तकमैया परिवारको पुनःस्थापन कार्यक्रमअन्तर्गत मुक्तकमैयाको घर निर्माणका लागि जग्गा खरिदबापत प्रतिपरिवार रु दुई लाख, काठ खरिदका लागि रु एक लाख र घर मर्मतमा रु ५५ हजार उपलब्ध गराउँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य