साउन ८, काठमाडौँ | लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ ।

आजको नेपाल समाचारपत्रका अनुसार, बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मुल्यांकन गरीरहेको बताए ।

‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका थियौँ । बोर्डमा परेका त्यही आशयपत्रमाथि मुल्यांकन भैरहेको छ ।

नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेलको डिपिआर गर्न कम्पनी छानिदैँ