२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनका मुख्य सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

२०७५, ८ श्रावण मंगलवार ०७:३९

साउन ८, चितवन । भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाएको छ । 

तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले सोमबार वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न बाटो खुल्ला गरिदिएको थियो । 

आजदेखि तोकिएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । इजलासबाट सोमबार जारी आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी भरतपुर महानगरपालिकाभित्र पर्ने राजमार्गको वैकल्पिक सडक भएका स्थान बाहेक सो राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा मात्र प्रवेश गर्न निवेदनमा उल्लेखित प्रकृतिका तोकिएको मापदण्ड पूरा गरेका सवारीसाधनलाई रोक नलगाउनु भनी विपक्षीका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।” 

हेटौँडा इजलासको आदेश अनुसार राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुल्ला भएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले ‘ई’ रिक्सा, अटो, टेम्पोलगायतका तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनसँगै शहरको सुन्दरता र यातायातलाई प्रभावकारी सञ्चालनको काममा महानगर दृढ संकल्प लिएर अघि बढ्ने बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बाटो काट्नुपर्ने १६ ठाउँ बाहेकका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको बताउनुभयो । पहिलो दिन सम्झाइबुझाइ पठाइएको र जरीवाना नगरिएको उहाँले बताउनुभयो । 

महानगरले साउन ५ गतेदेखि ती सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको थियो । ‘इ’ रिक्सा तथा अटो व्यवसायीले उच्च अदालत पाटनको हेटौंँडा इजलाशमा रिट दायर गरेपछि महानगरले अदालतको फैसला कुरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो