पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन ९, काठमाडौं | </b>सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै तलब पठाउने भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।<br></p><p>कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको हो ।</p><p>संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारीसमेत केही दिनभित्र केन्द्र नै फर्किने गरेकोले सम्बन्धित ठाउँबाटै तलब पठाउन थालिएको हो ।</p>

