पढ्न करिब 2 मिनेट लाग्छ

साउन ९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताउनुभयो ।

अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “चाहिएको छ कृषिविज्ञ प्रमाणपत्र छ अरू नै विषयको, यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अनि प्रमाणपत्र पाउँदाको उत्साह केही दिनमै पीडामा परिणत हुन्छ ।”

सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिश गर्ने उहाँले स्पष्ट गर्नुभयो ।

नेपाललाई लामो समय गरिब बनाएर खाना लाउनबाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्याएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “तर अब त्यो अवस्था बाँकी रहेन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।”

माथिको तश्विरमा: प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओली बालुवाटारमा बुधबार बसेको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभाको बैठकको अध्यक्षता गर्नुहुँदै । साथमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललगायत । तस्बिर: प्रदीपराज वन्त, रासस