२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानको भावी प्रधानमन्त्री ! जसले पहिलो पटक पाकिस्तानलाई विश्वकप उपाधी दिलाएका थिए

१० श्रावण २०७५, बिहीबार १८:३४

जीवन भण्डारी | साउन ११, काठमाडौँ | पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पुर्याएको छ । 

सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भएको थियो । 

क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा प्रवेश गर्नुभएका खानलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । 

उहाँको काँधमा चोट लागेकाले क्रिकेट खेलबाट संन्यास लिएर राजनीतिमा प्रवेश गर्नुभएको थियो । यो बाटो उहाँका लागि अहिले सुखद् सावित भएको छ । 

चर्चित क्रिकेट खेलाडीको रूपमा छवि बनाउनु भएका इमरान अहिले फेरी चर्चित नेताका रूपमा उदाउनुभएको छ । 

क्रिकेटबाट बिदा भएर ४३ वर्षको उमेरमा इमरानले सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) गठन गरेर राजनीतिमा प्रवेश गर्नुभएको हो । 

भ्रष्टाचारविरोधी अभियान र विभिन्न सामाजिक मुद्दालाई उठान गर्नु भएका इमरानलाई शुरुमा धेरैले विश्वास गरेनन । सन् २००२ मा भएको निर्वाचनमा २७२ सिटमध्ये उहाँको पार्टीले एक सिट मात्रै जितेपछि निराश नबनाएको पनि होइन । तर उहाँले आफ्नो अभियान र सक्रियतालाई जारी नै राख्नुभयो ।

सन् १९९९ मा जनरल परवेज मुसरफको सैन्य कूको समर्थन गर्नुभएका इमरानले २००२ मा मुसर्रफलाई नै ‘अमेरिकी राष्ट्रपतिको जुत्ता चाट्ने’ र “मृत्यु दण्ड दिनुपर्ने” सम्मका अभिव्यक्ति दिनुभयो । शक्तिशाली राष्ट्रपति विरुद्ध नै कडा अभिव्यक्ति दिएपछि उहाँ पटक पटक आफ्नै निवासमा नरबन्दमा पनि पर्नुभयो । 

राष्ट्रपति मुसरफ विरुद्ध कडा अभिव्यक्ति दिएर चर्चामा रहे पनि सन् २००८ मा भएको निर्वाचनमा भने उहाँको पार्टीले एक सिट पनि जित्न सकेन । 

तर अहिले भने स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था, आतंकवाद विरोधी पाकिस्तानलगायतका कार्यसूचीहरूलाई इमरानले मुख्य चुनावी कार्यसूची बनाएर निरन्तर अभियान चलाइरहेकाले उहाँको पार्टीलाई पाकिस्तानी जनताले एकाएक सबैभन्दा ठूलो पार्टी बनाइदिएका छन् । 

राजनीति गर्नुभन्दा पहिलेसम्म पाकिस्तानको निर्वाचनमा कहिल्यै भोट नहालेको बताउने इमरानलाई अहिले भने पाकिस्तानका लाखौँ मतदाताले मतदान गरेर प्रधानमन्त्री बन्ने बाटो खोलिदिएका छन् । 

अनेक उतार चढावका बीचमा पनि उहाँले निराश नभई चलाइरहेको आफ्नो अभियानले अहिले उच्च सफलता प्राप्त गरेको भन्दै अब मुलुकको मुहार फेर्ने प्रतिबद्धता गर्नुभएको छ । अन्य पार्टीहरूको असन्तुष्टीका कारण निर्वाचनको मतपरिणामको औपचारिक घोषणा हुन अझै बाँकी रहे पनि उहाँको पार्टी नै सबैभन्दा ठूलो पार्टी हुने देखिएको छ । (विभिन्न संञ्चारमाध्यमको सहयोगमा) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान