Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँमा १० बर्षदेखि लाइट बन्द, इशारा चालु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं – १० बर्षदेखि काठमाडौंमा ट्राफिक बत्तीले राम्ररी काम गरेका छैनन् । २० बर्ष अघि नै सवारीको चाप बढेकाले नियन्त्रणलाई ट्राफिक बत्ती जोडिएको थियो ।

त्यसको तुलनामा काठमाडौंमा सवारी चाप निकै बढेको छ । तर, व्यवस्थापन भने सडक चोकमा उभिने ट्राफिक प्रहरीका दुई हात र सिटीको भरमा चलिरहेको छ ।

बिग्रीएका बत्तीले सडक चोकमा उभिएर जाम व्यवस्थापमा उत्रेका ट्राफिक प्रहरीलाई गिज्याइरहेका जस्तो लाग्छ ।

प्रयोगमा नआएका लाइटमा कतै परेवाले गुँड बनाएका छन् भने कतै धुलोको पत्रमाथि पत्र थपिएका छन् ।

एकातरि बत्तीको दुर्गति छ भने अर्कातिर ट्राफिक प्रहरीलाई सास्ती ।

काठमाडौंका सबभन्दा धेरै ट्राफिक जाम हुने कलंकी, कोटेश्वर र कालिमाटीमा खटिने प्रहरीका अनुभवमा उनीहरुका लागि आफ्नो पेसा नै एक प्रकारको सजायजस्तै हो ।

-  आजको कान्तिपुरको पृष्ठ ५ मा यो सामाग्री छापिएको छ ।