गोबिन्द सिंह, धनगढी | प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोबिन्द सिंह, धनगढी | प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । "/>
2026-08-15 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ’

गोबिन्द सिंह, धनगढी | प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुलाउन बिवस गराउछ । अर्थात प्रेम नै दुई मनमुटूको मिलन हो, जस्लाई मिलाउनुपर्दछ ।

यसरी नै प्रेमका बिभिन्न परिभाषाहरू दिईएका पाईन्छन तर जतीसुकै परिभाषाले पनि प्रेमको अर्थ पुर्ण भएको छैन । किनकी प्रेम गन्तव्य बिहिन छ अर्थात कति प्रेम गर्ने भन्ने सिमा नै छैन तर तुलना गरेर जाच्न सकिन्छ, जुन भावनामा मात्र सिमित छ । हजारौ प्रेमीहरूको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेको छैनन् । प्रेमले एउटा बेग्लै अर्थ दिएको छ, जुन भावनाले मात्र बुझ्न सकिन्छ । प्रेम भगवानले दिएको अमुल्य उपहार हो, जस्लाई मनमा सजाएर पुजा गर्नुपर्दछ । प्रेमका यस्तै थरिथरिका परिभाषाले नै प्रेमलाई रंगिन बनाएको छ । यो भन्दा पनि यो संसारका सफल प्रेमीहरूले यसलाई नया रंग दिएका छन । 

यो रंगिन संसार नै प्रेममा सजिएको छ । प्रेम हरेकसँग हरेक किसीमको गासिन्छ । आफन्तसँग एउटा किसिमको हुन्छ, भने जिबनसाथीसँग अर्कै र साथीसँग अर्कै किसिमको गासिन्छ । प्रेम केवल पवित्र छ तर कसैको सोच अनुसार तिनीभित्र नै अपवित्र भएको छ । यो संसारमा यस्ता मान्छेहरू पनि छन, जुन प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गरेका छन अथवा तिनिहरूलाई वास्तविक प्रेमको अर्थ नै थाहा छैन, त्यसैले अरूलाई पनि आफुजस्तै ठान्ने गरेका छन । 

प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ । प्रेमले एउटा खतरनाक शत्रु पनि हृदयको साथी बन्न सक्छ, अर्थात एउटा असल मित्र बन्न सक्छ । मैले  एकदिन भगवानसँग एउटा प्रश्न राखे “प्रेम के हो” भनेर तर उहाँले जवाफ यस्तो दिनुभयो “पहिले कसैलाई मनदेखी नै प्रेम गरेर हेर अनि यसको जवाफ तिमी आफै पाउनेछौ” अर्थात “प्रेम गर्नु नै प्रेम हो” । तर मलाई अचम्म लाग्न थाल्यो कि, यो त्यस्तो के चिज रहेछ जस्को जवाफ नै छैन अर्थात जसको अर्थ नै भन्न सकिदैन । तर हो रहेछ, प्रेमलाई वास्तबिक अर्थ भन्दा पनि भावनाले बुझ्दा उपयुक्त हुन्छ । प्रेम नै त्यो खुसी रहेछ, जस्ले आँशुको मुल्य तिर्न सक्दो रहेछ । तपाईले कसैलाई हृदयदेखी नै अती धेरै माया गर्नुहुन्छ भने के तपाईले कति माया गर्नुहुन्छ भन्न सक्नुहुन्छ । वा तपाईको माया कती ठुलो छ के त्यो भन्न सक्नुहुन्छ ? तपाईले तुलना गर्न सक्नुहुन्छ तर तुलना नगरिकन नै भन्न सक्नुहुन्न किनकी प्रेम एउटा यस्तो भावना हो, जुन भावनाबाट नै बुझ्नु जरूरी हुन्छ । 

तपाईले आफ्ना एकएक भावनाहरू शब्दमा कोर्न सक्नुहुन्न किनकी कुनै कुनै भावनाहरूको यथार्थ शब्द नै हुदैन । यही नै कारण प्रेमको गन्तव्य नहुनु हो अर्थात प्रेम गन्तव्य बिहिन हुन्छ भन्ने भावनाबाट नै बुझ्न सकिन्छ । वास्तबमा बुझ्ने हो भने तपाईको प्रेमको सिमा नै हुन सक्दैन र जति गहिराईसम्म गयो त्यती नै बढी गहिराई अझ महसुस हुन थाल्दछ । यदी तपाईले कुनै ताल वा पोखरीको गहिराईमा जादै हुनुहुन्छ र जब तपाई झन झन गहिराईमा जानुहुन्छ तपाईले बिस्तारै अध्यारो भईरहेको देख्नुहुन्छ र अन्तत तपाई गहिराईको यस्तो ठाउँमा पुग्नुहुन्छ जहाँ अध्यारो भईरहेको हुन्छ अर्थात तपाईले त्यहाँ केही देख्न सक्नुहुन्न । ठिक त्यसै गरि प्रेमको गहिराई गन्तव्य बिहिनका साथसाथै दृष्टी बिहिन पनि हुन्छ । तपाई कसैको प्रेममा जति गहिराईमा जानुहुन्छ बिस्तारै वरिपरिका केही केही कुराहरू देखेर पनि देखेजस्तो लाग्दैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त