२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तम्घासको पहिचानः डोजर र लाकुरी मञ्च

२०७५, १६ श्रावण बुधबार ०४:१३

(बिजय बिश्वकर्मा, तम्घास छापटोला) |

२०५४ को स्थानिय चुनाबपछी गाँउगाँउमा बिकासको लहर चल्यो । गाडी गुडने बाटाघाटा जतासुकै खनिन थालियो । हाम्रो जिल्लातिर पनि बाटो खन्ने प्रयोजनको लागी डोजर भित्रियो । बडेमानको फलामे ईन्जिन भएको अगाडी रुख, ठुलाठुला ढुङ्गा जे पर्छ सबैलाई सोत्तर बनाउदै पन्छाउदै बाटो खन्ने डोजर हेर्न हामीहरु झुम्मिन्थ्यौ । डोजर हेरेर रमाउने त उबेलाको कुरा भो अहिले म त्यो बाटो खन्ने डोजरको कुरा गर्न खोजेको छैन । 

एक डेढ वर्ष अघिसम्म पहिले तम्घास घर पुगेर बजार डुल्दा देखिने तर आजभोली तम्घास बजारमा मैले देख्न नसकेको डोजरको कुरा गर्दै छु । बडेमानको ज्यान, ज्यान भन्दा नि अझ ठुलो भारी बोक्ने काम, दिउसै तिनपाने सुर्काउने बानी, पौवाको बसाई र सुताई , दुःख मला कैले भैन सुखले मला कैले छोडिनु…. हा हा हा गर्दै टोलै थर्काउने गरी उन्मुक्त हाँसो । सोधे हुँला मैले पनि बेलाबखत घर कहाँ हो भनेर सोध्दा जहाँ बस्यो त्यहि घर भन्थे पछिपछि चासो राखिएन । कोही कसैले डोजरको घर बडागाँउतिर हो पहिला भारतीय आर्मीमा भर्ना भएर घरायसी समस्याले यस्तो भए भन्थे कोही कसैले एकपटक मानसिक समस्याले गर्दा यस्तो भएका हुन भन्थे । खैर जे सुकै होस उनलाई न परिवारको चिन्ता न साथीभाईको चिन्ता, नत परिआउने भबितब्यकै चिन्ता । एक किसिमले सोच्ने हो भने उनि विनोद चौधरी भन्दा सुखि थिए । 

जुन मान्छेमा धनको लोभ र महत्वाकांक्षा हुन्न त्यो मान्छे जस्तो सुखी अरु हुन सक्दैन । मेरो बुझाईमा डोजर त्यस्तै थिए । डोजर तम्घासको एक अंग थिए । जरकमरक र ठुला भारी बोकाउनुपर्ने काम पर्यो भने सम्झने पात्र भनेकै तिनै डोजर थिए । पहिला पहिला त बसपार्क, पुरानो बजार, लाकुरी मञ्च आसपास देखिन्थे खै आजभोली मैले नदेखेको धेरै भो । भारी बोकेर हात लाग्या पैसोले चिरिप्प तिनपाने सुर्काएर मस्त लाकुरी मञ्चमा सुतेको धेरै पटक मैले देख्ने गर्दथे । मोवाईल र नेटले बानी जातिविति बिगारेको छ मेरो । बिहान उठनसाथ फेसबुक खोल्दा ति डोजर र डोजर जस्तै अरु, अनि जिल्लाका सुकिलामुकिलाहरु सुस्ताउने ठाँउ लाकुरी मञ्चको लाकुरी ढलेको तस्विर देख्न पुगे । पहिलेको विकासे अड्डा जिविस, जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालयको सामुन्ने रहेको लाकुरी मञ्चले ऐतिहासिक महत्व बोकेको थियो । 

राणाकाल, पञ्चायतकाल, बहुदलकाल र अहिलेको गणतन्त्रकाल भोगेको लाकुरी मञ्चको बलियो लाकुरी असार १० गते रातीको हुरीले ढालिदिएछ । यही मञ्चको शितलतामा धन हुने पनि रमाए, मन हुने पनि रमाए । जिल्लामा हुने गरेका असल कामको साक्षी बस्यो लाकुरी मञ्च तर गलत काम नदेखेर बसेन । असल कामको लागि मरिमेटेर योजना बनाउने मात्र हैन अरुलाई असफल गराउन कसरि छिर्के दाउ हान्न सकिन्छ भनेर पनि योजना बनाएको साक्षी हो लाकुरी मञ्च । कैयौंका घरबार जोडिदिने काममा सहयोग त गर्यो नै तैपनि कतिको विर्गान पनि त सम्पर्क स्थान बनिदियो । यही लाकुरी मञ्चले राणाहरुको जयजयकार सुनेहोला र सुन्यो विरोध पनि । हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनेको सुनेको लाकुरी मञ्चको लाकुरीले ओख्रेनी अझ भनौ 'आर्यघाटले के भन्छ ………. ले भन्छ' भनेको पनि सुन्यो । यही लाकुरीले काङग्रेस, एमाले, माओबादी लगायतका दलका ठुला-साना नेतालाई धेरैपटक राम बनाएको पनि सुन्यो, रावण बनाएको पनि सुनेको थियो । गुल्मी जिल्लाको राजनितिक, सास्कृतिक, आर्थिक परिवर्तन र ईतिहासको साक्षी लाकुरी मञ्चको लाकुरी ढलेको छ । माघको अन्त्यतिर घर जाँदा रंग लगाएर चिटिक्क पारेर संरक्षण गरिएको देखेको थिए । लाकुरी बाहिरबाहिर चिटिक्क परेको तर भित्र चाहि धोद्रो परिसकेको रैछ ठयाक्कै एउटा राजालाई कुना पस्ने गराएर सयौं राजालाई पोस्न विवश कुनै लावण्य देशजस्तै ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी