२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भीमदत्त नगरपालिकामा व्यवसाय प्रवद्र्धनका लागि विज्ञ सहित अवलोकन

१६ श्रावण २०७५, बुधबार १७:३०

साउन १६, महेन्द्रनगर | भीमदत्त नगरपालिकामा व्यवसाथ प्रवद्र्धन गर्न सकिने विभिन्न स्थानमा विज्ञ सहित स्थलगत अवलोकन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट सहित नगर विकास कोष, नगर विकास कोषका व्यवसाथ प्रवद्र्धन विज्ञ सुमन मेहर श्रेष्ठ, बण्ड विज्ञ हेमन्त बस्याल, महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्र बहादुर विष्ट सहित विभिन्न क्षेत्रका प्रतिनिधिले अवलोकन गरेका छन् ।

महेन्द्रनगर बजारको सब्जीमण्डी, सालघारी, स्थानीय पार्क, झोलुङ्गे पुल, महेन्द्रनगर सिटी हल, भृकटी माध्यमिक विद्यालय नजिकको जमिन लगायतका स्थानको अवलोकन गरिएको छ ।

नगरपालिकाले सब्जीमण्डीमा कञ्चन मल बनाउन गुरु योजना बनाएको छ । यसैगरी झोलुङ्गे पुल नजिक पिकनिक स्थल र उद्यान बनाउन पनि गुरु योजना बनाइएको छ ।

नगर विकास कोषको विज्ञ टोलीले सबै स्थानमा स्थलगत अध्ययन गरी सहयोग र सहकार्यका लागि छलफल अघि बढाउने भएको छ । कोषका विज्ञ श्रेष्ठले अध्ययनपछि आवश्यक सहयोग र सहकार्यका लागि अघि बढ्ने बताए ।


सहयोग र सहकार्यका लागि छलफल अघि बढाउने भएको छ । कोषका विज्ञ श्रेष्ठले अध्ययनपछि आवश्यक सहयोग र सहकार्यका लागि अघि बढ्ने बताए । ‘व्यवसाय प्रवद्र्धनका लागि कुन ठाउँमा कसरी जान सकिन्छ भनेर छलफल र स्थलगत अवलोकन गरिएको छ’ विज्ञ श्रेष्ठले भने,‘त्यसका लागि छलफल गरी सहयोग र सहकार्यमा जान्छौ ।’

कोषसित यस अघि आधुनिक वसपार्क, नागरपालिका कार्यालय भवन, पसल कोठा लगायतका विभिन्न पूर्वाधार निर्माणमा सहकार्य गरिएको छ । सब्जीमण्डीमा निर्माण हुने कञ्चन मलका लागि भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी चालु आर्थिक वर्षमा काम सुरु गरिने विज्ञ श्रेष्ठले बताए ।

भीमदत्तका नगर प्रमुख विष्टले सबै स्थानमा विज्ञ टोलीलाई नगरपालिकाको योजना सम्बन्धी जानकारी गराए । ‘समृद्धि नगरको योजना अघि सारिएको छ, त्यसका लागि नगर क्षेत्रका स्रोत साधनको पहिचान गरी प्रयोग गर्न खोजि रहेका छौ’ उनले भने,‘यसका लागि व्यवसाय प्रवद्र्धन हुने गरी धार्मिक पर्यटकीय स्थलको विकास, पूर्वाधार निर्माण लगायतका योजना अघि सारेका छौ ।’

भीमदत्तमा चालु आर्थिक वर्षमा १२ करोड आन्तरिक आम्दानी अनुमान गरिएको छ । यो गत वर्षको भन्दा तेब्बर हो । आन्तरिक आम्दानी वृद्धि नगरी नगरपालिकाको विकास गर्न नसकिने भएकाले नगर प्रमुख विष्टले व्यवसाय प्रवद्र्धनलाई प्राथमिकता दिएका छन् ।


‘व्यवसाय प्रवद्र्धन गर्न मिल्ने कार्यक्रम नगरी आर्थिक आम्दानी बढ्दैन, अनि त्यसरी नगरको विकास हुँदैन’ नगर प्रमुख विष्टले भने । नगर विकास कोषको टोलीसित मंगलबार कार्यालयमा छलफल गरिएको छ ।

स्थलगत अवलोकनमा कञ्चनपुर उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष माधव प्रसाद जोशी, होटल व्यवसायी संघका पर्यटन उपाध्यक्ष जगदीश भट्ट, गैर सरकारी संस्था महासंघका प्रदेश अध्यक्ष भवराज रेग्मी, महासंघका जिल्ला अध्यक्ष नरेश सिलाल, अधिवक्ता अर्जुन सिह कार्की, भीमदत्त नगरपालिका इन्जिनियर जयराज भट्ट लगायतका सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै