२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

10+2 परिक्षाको परिक्षाफल (नतिजा मार्कसिट सहित) यसरी हेर्न सकिन्छ

१७ श्रावण २०७५, बिहीबार ०४:००

साउन १७, काठमाडौँ | नेपाल टेलिकमले 10+2 परिक्षाको नतिजा कसरी हेर्ने भन्ने बारे सुचना प्रकाशित गरेको छ | 

टेलिकमको अनुसार राष्ट्रिय परिक्षा बोर्ड सानोठीमी भक्तपुरबाट प्रकाशित हुने 10+2 को परिक्षाको परिक्षाफल IVR, USSD र Website मार्फत प्राप्त गर्नसकिनेछ  | जसको लागि नेपाल टेलिकमले परीक्षाको परिक्षाफल प्राप्त गर्नको लागि विभिन्न चार तरिका रहेको जनाएको छ | 

१. १६०१ डायल गरी IVR प्रविधि मार्फत परिक्षाफल प्राप्त गर्न सकिन्छ | टेलिकमको साधारण टेलिफोन, पोस्टपेड तथा प्रिपेड मार्फत १६०१ नम्बर डायल गरि प्राप्त संदेश बमोजिम परिक्षाफल सुन्न सकिन्छ | 

२. SMS मार्फत पनि परिक्षाफल प्राप्त गर्न सकिन्छ | जसको लागि CDMA/GSM प्रविधिका मोवाइल (Postpaid/Prepaid) मार्फत neb <space> Symbol no. टाइप गरेर 1600 मा SMS गर्न सकिन्छ | 

३. USSD मार्फत परिक्षाफल पाउन को लागि GSM प्रविधिका मोबाइल मार्फत *1600*Symbol N.# डायल गरी परिक्षाफल प्राप्त गर्न सकिन्छ | 

४. नेपाल टेलिकमको website बाट पनि परिक्षाफल हेर्न सकिन्छ | जसको लागि http://neb.ntc.net.np मार्फत इन्टरनेटमा पनि मार्कसिट सहितको नतिजा हेर्न सकिन्छ |  

त्यस्तै राष्ट्रिय परिक्षा बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको कक्षा १२ को नतिजा ईकान्तिपुरबाट पनि हेर्न सकिनेछ । 

www.results.ekantipur.com लग इन गरेर नतिजा हेर्न सकिने छ। यसका अलवा एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ। यसका लागि results (Space) Symbol number टाइप गरी३५००१ मा पठाउन सकिनेछ।

राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा आज बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको छ । मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै बुधबारनै नतिजा सार्वजनिक गरिने बताइएको थियो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बिहिबार मात्रै नतिजा सार्वजनिक हुनेछ । यस पटकको कक्षा १२ को परिक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह