२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्तरिक परीक्षाको नजिता सार्वजनिक गर्न जनप्रशासन क्याम्पसलाई डीनको निर्देशन

२०७५, १७ श्रावण बिहीबार ०९:१३

साउन १७, काठमाडौं। त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले उच्च शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताएकी छिन्। उच्च शिक्षामा सरकारको प्राथमिकता कम भएको कारण विद्याथीबाट शुल्क लिएर संचालन गर्नुपर्ने अवस्था आएको बताइन् । 

जनप्रशासन क्याम्पसको ४२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बिद्यालय शिक्षामा सरकारले बढी लगानी गरेको तर उच्च शिक्षामा ध्यान नदिएको आरोप लगाइन्। उनले सरकारले साथ दिएमा मात्र विश्व विद्यालाय शिक्षा निशुल्क हुन सक्ने धारणा व्यक्त गरिन् । त्रिविले नयाँ नयाँ  विषयहरु संचालन गर्नको लागि आन्तरिक श्रोतबाट रकम जुटाउनुपर्ने कारण अध्ययन शुल्क केहि महँगो हुन पुगेको दावी गरिन् ।

त्रिवि व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराम शर्माले सेमेस्टर प्रणालीको मर्म अनुरुप समयमै परीक्षा संचालन गरि रिजल्ट निकाल्न प्रतिवद्धता जनाएका छन्। उनले परीक्षा कार्यक्रम समयमै संचालन गर्नको लागि विधार्थी र क्याम्पसले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सेमेस्टर प्रणाली अन्तर्गत आन्तरिक परीक्षाको नजिता सार्वजनिक गर्न जनप्रशासन क्याम्पसलाई निर्देशन दिए । कार्यक्रममै विधार्थी जगदीश जोशीले जनप्रशासन क्याम्पसले हालसम्म पनि विद्याथीले आन्तरिक परीक्षाको नतिजा उपलब्ध नगराएको गुनासो गरेपछि डीन शर्माले क्याम्पसलाई सो निर्देशन दिएका हुन्।

त्रिवि जनप्रशासन केन्द्रीय विभागका विभागीय प्रमुख डा. टेकनाथ ढकालले जनप्रशासन क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गर्न लागि परेको बताए। उनले क्याम्पसका कमि कमजोरीलाई सुधार गर्न विधार्थी, प्रशासन र शिक्षक सबैको साथ लिएर आगाडी बढ्न प्रतिवद्ध रहेको बताए।


कार्यक्रममा क्याम्पसमै प्राध्यापनमा संलग्न रही पीएचडी उपाधि प्राप्त गर्ने डा.बुद्धिमान श्रेष्ठ, डा. हरिप्रसाद अधिकारी र डा. लक्ष्मीकान्त पौडेललाई क्याम्पसले सम्मान गरेको छ। साथै सोहि क्याम्पसमा लामो सेवामा रही सेवा निवृत्त प्रा. रत्नराज निरौला र लिली चुडाल बस्नेतलाई स-सम्मानका साथ विदाई गरिएको छ। सोहि अवसरमा विपिएमा अध्यनरत विधार्थी माधव कुमार जोशी र दिपेश सिंह भण्डारी सरकारी सेवामा प्रवेश गरेकोमा सम्मान गरिएको छ। 


वार्षिक उत्सवकै अवसरमा विपिए तथा एमपीएका विभिन्न सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्रालाई सम्म गर्दै पुरस्कार वितरण गरिएको छ।  उक्त कार्यक्रममा क्याम्पसले तथा स्ववियुले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजयी कर्मचारी तथा विधार्थी खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ। 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना