२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्तरिक परीक्षाको नजिता सार्वजनिक गर्न जनप्रशासन क्याम्पसलाई डीनको निर्देशन

१७ श्रावण २०७५, बिहीबार ०९:१३

साउन १७, काठमाडौं। त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले उच्च शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताएकी छिन्। उच्च शिक्षामा सरकारको प्राथमिकता कम भएको कारण विद्याथीबाट शुल्क लिएर संचालन गर्नुपर्ने अवस्था आएको बताइन् । 

जनप्रशासन क्याम्पसको ४२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बिद्यालय शिक्षामा सरकारले बढी लगानी गरेको तर उच्च शिक्षामा ध्यान नदिएको आरोप लगाइन्। उनले सरकारले साथ दिएमा मात्र विश्व विद्यालाय शिक्षा निशुल्क हुन सक्ने धारणा व्यक्त गरिन् । त्रिविले नयाँ नयाँ  विषयहरु संचालन गर्नको लागि आन्तरिक श्रोतबाट रकम जुटाउनुपर्ने कारण अध्ययन शुल्क केहि महँगो हुन पुगेको दावी गरिन् ।

त्रिवि व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराम शर्माले सेमेस्टर प्रणालीको मर्म अनुरुप समयमै परीक्षा संचालन गरि रिजल्ट निकाल्न प्रतिवद्धता जनाएका छन्। उनले परीक्षा कार्यक्रम समयमै संचालन गर्नको लागि विधार्थी र क्याम्पसले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सेमेस्टर प्रणाली अन्तर्गत आन्तरिक परीक्षाको नजिता सार्वजनिक गर्न जनप्रशासन क्याम्पसलाई निर्देशन दिए । कार्यक्रममै विधार्थी जगदीश जोशीले जनप्रशासन क्याम्पसले हालसम्म पनि विद्याथीले आन्तरिक परीक्षाको नतिजा उपलब्ध नगराएको गुनासो गरेपछि डीन शर्माले क्याम्पसलाई सो निर्देशन दिएका हुन्।

त्रिवि जनप्रशासन केन्द्रीय विभागका विभागीय प्रमुख डा. टेकनाथ ढकालले जनप्रशासन क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गर्न लागि परेको बताए। उनले क्याम्पसका कमि कमजोरीलाई सुधार गर्न विधार्थी, प्रशासन र शिक्षक सबैको साथ लिएर आगाडी बढ्न प्रतिवद्ध रहेको बताए।


कार्यक्रममा क्याम्पसमै प्राध्यापनमा संलग्न रही पीएचडी उपाधि प्राप्त गर्ने डा.बुद्धिमान श्रेष्ठ, डा. हरिप्रसाद अधिकारी र डा. लक्ष्मीकान्त पौडेललाई क्याम्पसले सम्मान गरेको छ। साथै सोहि क्याम्पसमा लामो सेवामा रही सेवा निवृत्त प्रा. रत्नराज निरौला र लिली चुडाल बस्नेतलाई स-सम्मानका साथ विदाई गरिएको छ। सोहि अवसरमा विपिएमा अध्यनरत विधार्थी माधव कुमार जोशी र दिपेश सिंह भण्डारी सरकारी सेवामा प्रवेश गरेकोमा सम्मान गरिएको छ। 


वार्षिक उत्सवकै अवसरमा विपिए तथा एमपीएका विभिन्न सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्रालाई सम्म गर्दै पुरस्कार वितरण गरिएको छ।  उक्त कार्यक्रममा क्याम्पसले तथा स्ववियुले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजयी कर्मचारी तथा विधार्थी खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ। 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ