२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि सेवा आयोगका लिखित परीक्षा तथा अन्तरवार्ता कार्यक्रम स्थगित

२०७५, १८ श्रावण शुक्रबार ०२:५१

साउन १८,काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले संचालन गरेको लिखित परीक्षा तथा अन्तरवार्ता सम्वन्धी कार्यक्रम स्थगित गरेको छ। आयोगले रोकिएको परीक्षा अर्को सूचना प्रकाशित नभए सम्मका लागि आयोगको निर्णयानुसार स्थगित भएको जनाएको छ ।

त्रि. वि. सेवा आयोगको मनोनित सदस्यको पद रिक्त हुन गएकोले त्रि. वि. संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम २०५० (संशोधन सहित) को नियम १६४ (१) को व्यवस्थाले गर्दा उक्त लिखित परीक्षा र अन्तरवार्ताको कार्यक्रम स्थगित गरिएको त्रिवि सेवा आयोगले जनाएको छ ।

विज्ञापन नं. १८/२०७३/०७४ (खुल्ला प्रतियोगिता) प्रशासनिक तथा प्राविधिक पदहरुको साउन १९ गते देखि हुने लिखित परीक्षा, विज्ञापन नं १४/२०७२/०७३ (खुल्ला प्रतियोगिता) इ.अ.सं विभिन्न विषयको उप–प्राध्यापक, प्रशिक्षक र सहायक प्रशिक्षकहरुको साउन २० गते देखि हुने अन्तरवार्ता, विज्ञापन नं १५/२०७२/७ (खुल्ला प्रतियोगिता) चि.शा.अ.सं नर्सिङ्ग विषयको उप–प्राध्यापक र  प्रशिक्षकहरुको साउन २८ गते देखि हुनेअन्तरवार्ता, विज्ञापन नं २४/२०७२/७३ (विशेष आन्तरिक खुल्ला प्रतियोगिता) चि.शा.अ.सं विभिन्न विषयको उप–प्राध्यापक र  प्रशिक्षकहरुको साउन ३० गते हुनेअन्तरवार्ताको कार्यतालिका हाललाई स्थगित गरिएको त्रिविले जनाएको छ । यस अघि गत शुक्रबार सेवा आयोगले लिखित परीक्षा कार्यक्रम स्थगित गर्दै साउन १९ गतेबाट शुरु हुने जनाएको थियो ।

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गरेपछि आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको लिखित परीक्षा तथा अन्तर्वार्ता प्रभावित बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना