२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच विद्धालयमा एकैसाथ नतिजा प्रकाशन

१९ श्रावण २०७५, शनिबार ०२:१७

चिसाङ शेर्पा | साउन १९, खोटाङ | वडा शिक्षा समिति लफ्याङले प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडामध्ये शिक्षामा नमुना वडा बनाउने उद्देश्यले गठित वडा शिक्षा समितिले एकसाथ एकैदिन पाँचवटा विद्धालयको प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशन गरेको हो ।

वडा शिक्षा समितिले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसार वडामा रहेको एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयमा नतिजा प्रकाशन र उत्तर पुस्तिका फाइलिङ गरी अभिभावकलाई एकै समयमा हस्तान्तरण गरिएको वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिनुभयो ।

लफ्याङमा यस शैक्षिकसत्रबाट शैक्षिक क्यालेण्डर बितरण गरेर पाँचै विद्धालयले शैक्षिक क्यालेण्डर अनुरुप विद्धालयमा दैनिक कामकाज गर्दै आएको छ । वडाभित्र रहेको विद्धालयलाई थप प्रभावकारी र सिर्जनशील बनाएर अभिभावक तथा विधार्थीलाई शिक्षामा प्रोत्साहन गराएकोमा अभिभावक हर्षित भएका छन् । 

यसैविच, लफ्याङका विधार्थीहरुका लागि धेरै भन्दा धेरै पुस्तक पढ्ने वातावरण बनाउनका लागि आजै श्रीमावि वाँसबोटेमा सिकाइ पुस्तकालयको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र वडाध्यक्ष निर्मल राईले संयुक्तरुपमा सिकाइ पुस्ताकालयको उद्घाटन गरेका छन् ।

पुस्तकालयमा धेरै किसिमका पुस्तक पढ्न पाईने र निकट समयमा विधुतीय पुस्तकालय बनाउने उद्देश्यले पुस्तकालयको सुरुवात गरिएको जनाइएको छ । पुस्तकालयमा शिक्षा मन्त्रालय, विद्धालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको सहयोग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ