2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच विद्धालयमा एकैसाथ नतिजा प्रकाशन

चिसाङ शेर्पा | साउन १९, खोटाङ | वडा शिक्षा समिति लफ्याङले प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडामध्ये शिक्षामा नमुना वडा बनाउने उद्देश्यले गठित वडा शिक्षा समितिले एकसाथ एकैदिन पाँचवटा विद्धालयको प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशन गरेको हो ।

वडा शिक्षा समितिले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसार वडामा रहेको एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयमा नतिजा प्रकाशन र उत्तर पुस्तिका फाइलिङ गरी अभिभावकलाई एकै समयमा हस्तान्तरण गरिएको वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिनुभयो ।

लफ्याङमा यस शैक्षिकसत्रबाट शैक्षिक क्यालेण्डर बितरण गरेर पाँचै विद्धालयले शैक्षिक क्यालेण्डर अनुरुप विद्धालयमा दैनिक कामकाज गर्दै आएको छ । वडाभित्र रहेको विद्धालयलाई थप प्रभावकारी र सिर्जनशील बनाएर अभिभावक तथा विधार्थीलाई शिक्षामा प्रोत्साहन गराएकोमा अभिभावक हर्षित भएका छन् । 

यसैविच, लफ्याङका विधार्थीहरुका लागि धेरै भन्दा धेरै पुस्तक पढ्ने वातावरण बनाउनका लागि आजै श्रीमावि वाँसबोटेमा सिकाइ पुस्तकालयको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र वडाध्यक्ष निर्मल राईले संयुक्तरुपमा सिकाइ पुस्ताकालयको उद्घाटन गरेका छन् ।

पुस्तकालयमा धेरै किसिमका पुस्तक पढ्न पाईने र निकट समयमा विधुतीय पुस्तकालय बनाउने उद्देश्यले पुस्तकालयको सुरुवात गरिएको जनाइएको छ । पुस्तकालयमा शिक्षा मन्त्रालय, विद्धालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको सहयोग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई