३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गम्भीर लापरबाहीः यसकारण दिल्लीमा अड्किएको थियो नेपाली जहाज

२५ श्रावण २०७५, शुक्रबार ०३:०८

साउन २५, काठमाडौं | नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ । 

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो । 

निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर सँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो । 

तर, निगमकै एक उच्च अधिकारीले एकथरी जहाज भनेर अर्कै पठाउँदा दिल्लीमा वाइड बडी ६ घण्टा रोकिएको जानकारी दिए ।

'यताबाट सुरुमा १ सय ९० सिट क्षमताको बोइङ ७५७-२०० सिरिजको जहाज दिल्ली पठाउने भनेर उता जानकारी गराइयो', ती अधिकारीले भने 'तर, जाने बेलामा बोइङको सट्टा २ सय ७४ सिटे एयरबस ३३०-२०० सिरिजको वाइड बडी गयो ।' 

-  आजको नागरिक दैनिकले समाचार छापेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट