Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दार्चुला तिंकर सडक निर्माणको जिम्मा सेनालाइ दिनुपर्छः सासंद ठगुन्ना

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

लोकेन्द्र प्रसाद जोशी | साउन २७, दार्चुला । दार्चुलाबाट निर्बाचित प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले महाकाली कोरीडोर अन्तरगत दार्चुलामा निमार्णाधिन दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन प्रधानमन्त्री मार्फत नेपाल सरकारलाइ आग्रह गर्नुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर औपचारीक रुपमा सासंद गठुन्नाले यस्तो माग राख्नुभएको हो ।

महाकाली कोरीडोर अन्तरगतको दार्चुला तिकंर सडक मित्रराष्ट्र चीनको तिब्बतको ताक्लाकोट जोड्ने र हिन्दु धर्मालम्बीहरुको प्रमुख तिर्थस्थल कैलासमानसरोबर पुग्ने महत्तपुर्ण सडक भएको भेटका क्रममा प्रधानमन्त्री ओलीलाइ उहाँले अवगत गराउँनुभएको थियो । नेपाल सरकार भौतीक योजना मन्त्रालय अन्तरगत संञ्चालन भैरहेको यो सडकको प्रगति न्युन रहेकोले अगामी आर्थीक बर्षबाट नेपाली सेनामार्फत सडक सञ्चालन गर्न आबश्यक निर्णय गरीदिन प्रधानमन्त्रीलाइ अनुरोध गर्नुभएको सासंद गठुन्नाका स्वकिय सचिब दौलत सिह ठगुन्नाले जानकारी दिनुभयो ।

सांसद ठगुन्नाले प्रदेश नम्बर ७ को बिकासकालागी दार्चुलाको तिंकर नाका सञ्चालनमा ल्याउनु आबश्यक रहेको बताउनुभयो । दार्चुला सदरमुकामबाट नेपालको अन्तिम सीमा लिपुलेकसम्मको दुरी जम्मा १ सय १० किलोमिटर छ, संसदमा ठगुन्नाले भन्नुभयो ‘कैलाश मानसरोबरसम्म जम्मा १ सय ५० किलोमिटरको दुरी छ । त्यसैले तिंकर नाकालाई चीनसँग धार्मीक र पर्यटकिय नाकाको रुपमा विकास गर्नुपर्छ । भारतसँग राम्रो व्यापारिक सम्बन्ध बनाएर लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाकाको रुपमा विकास गर्न पनि सांसद ठगुन्नाले माग गरेका छन् ।

सिमासम्म सडक पहुच नपुग्नु र दार्चुला ताक्लाकोट आवागमनकालागी सहज बाटो सम्म नहुदा ताक्लाकोट ब्यापार बिगत दुइ दशकदेखी ओझेलमा परेको छ । दार्चुलाको आर्थीक, धार्मीक र पर्यटकिय बिकासकालागी ताक्लाकोट र कैलासमानसरोबरसम्म तिकंर सडक छिटो बिस्तार हुनु आबश्यक रहेको ठगुन्नाको भनाइ छ ।

सासंद ठगुन्नाले प्रधानमन्त्रीलाइ भेटेर महाकाली कोरीडोर र दार्चुला तिकंर सडकको अवस्था, प्रगति र आबश्यकताका बिषयमा स्पष्ट पार्नुभएको स्वकिय सचिब दौलत सिह ठगुन्नाले जानकारी दिनुभयो ।