सास । साउन २८, बर्दिया ।

संसारमै बिरलै मिल्ने यो संयोग मिलेको बर्दिया र धादिङका दुई प्रभात सुवेदीको यो जोडीको । 

यिनै दुई जोडी धेरै अघिदेखि नामले परिचित भएपनि दुई दशकपछि मात्रै उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । साउन २८, बर्दिया ।

संसारमै बिरलै मिल्ने यो संयोग मिलेको बर्दिया र धादिङका दुई प्रभात सुवेदीको यो जोडीको । 

यिनै दुई जोडी धेरै अघिदेखि नामले परिचित भएपनि दुई दशकपछि मात्रै उन"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

माया टोक्नै नमिल्ने ! किन ? (भिडियो)

२८ श्रावण २०७५, सोमबार १२:२७

सास । साउन २८, बर्दिया ।

संसारमै बिरलै मिल्ने यो संयोग मिलेको बर्दिया र धादिङका दुई प्रभात सुवेदीको यो जोडीको । 

यिनै दुई जोडी धेरै अघिदेखि नामले परिचित भएपनि दुई दशकपछि मात्रै उनीहरुलाई सामाजिक सञ्जालले जोड्यो र भेटघाट भयो । अनि नाम र थर मात्रै हैन दुबै जनाको रुचीको क्षेत्रपनि मिलेपछि त अझै के चाहियो र ?


धादिङका प्रभात सुवेदी हाल काठमाडौं कलङ्कीमा बस्दै आएका छन् । उनी पुस्तक तथा स्टेसनरी व्यवसायी हुन् भने विभिन्न सामाजिक क्षेत्रहरुमा निकै क्रियाशील छन् । निकै ठेट शब्दहरु बुनेर गीत लेख्न माहिर प्रभात सुवेदी नेतृत्व विकास तथा आत्मविश्वास सम्बन्धि तालिमका कुशल सहजकर्ता पनि हुन् । 

यसैगरी अर्का प्रभात बर्दिया सदरमुकाम गुलरियामा बस्दै आएका छन् भने उनी पेशाले शिक्षक हुन् भने उनी कुशल सञ्चारकर्मीका साथै सङ्गीतकर्मी पनि हुन् । 

दुबै प्रभातका दर्जनौं साङ्गीतिक कोशेलीहरु बजारमा आइसकेका छन् । पछिल्लो समयमा सँगसँगै मिलेर एउटा गीत गर्ने कुरामा सहकार्य गरे उनीहरुले अन्ततः जन्म्यो आफ्नै परिवेशको गीत “माया टोक्नै नमिल्ने” । श्रोता तथा दर्शकलाई संन्दिग्धता नहोस् भनेर गायक तथा सङ्गीतकार प्रभात सुवेदीले भने आफूलाई ‘अर्धव्यास’ उपनाम दिएका छन् जुन उनको साहित्यिक उपनाम पनि रहेछ । 

हाइलाइट्स नेपालको च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतको म्युजिक भिडियो निकै पृथक त छँदैछ सँगसँगै यस गीतका शब्दको उत्कृष्टताले सबैलाइ तान्ने दुबै प्रभातको अपेक्षा रहेको छ । नेपालकै चर्चित सङ्गीतकार बि.बि. अनुरागीको संगीत संयोजन रहेको र बर्दियाका प्रभात सुवेदीको सङ्गीत रहेको यो गीतमा बर्दियाली प्रभात सुवेदी र गायिका तुलसी घर्ती मगरको आवाज रहेको छ ।

बिनोद न्यौपाने र अनिशा न्यौपानेको मोडलिङ रहेको यो गीतको कोरियोग्राफी ओजश्वी साउद र आशुतोष एडीको रहेको छ । नमराज घिमिरेको क्यामेरा, सुवास डाँगीको ड्रोन, नविन सापकोटाको रङ्ग संयोजन रहेको यो भिडियोको निर्देशन भने रुद्र बोहोराले गरेका हुन् भने सन्तोष भारद्वाजले सम्पादन गरेका हुन् ।  

डान्सिङ्ग बिटमा रहेको हुनाले गीत निकै आशालाग्दो रहेको गीतकार प्रभात सुवेदी बतउँछन् भने गायक प्रभात सुवेदीले यसरी दुई प्रभातको सहकार्यमा टोक्नै नमिल्ने माया ल्याउन पाएकोमा अत्यन्तै खुशी व्यक्त गर्दै यसबाट खासगरी युवापुस्तामाझ आफ्नो साङ्गितीक उचाई बढ्ने अपेक्षा रहेको बताए । 

हेर्नुहोस् भिडियो :


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण